सम्पर्क

सुनकोशीमा मण्टेश्वरी प्रणाली मार्फत पठनपाठन

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सञ्चालनमा रहेको बालविकास कक्षहरुलाई मन्टेश्वरी प्रणाली मार्फत पठनपाठन गर्ने गरी सञ्चालनको सुरुवात भएको छ ।
गाउँपालिकाले यो विधी अन्र्तगत पहिलो चरणमा बालविकासमा कार्यरत सहजकर्ताहरुका लागि छ दिने मण्टेश्वरी प्रणाली मार्फत बालबालिकाहरुलाई अध्यापन गराउनका लागि तालिम सञ्चालन गरेको छ । विद्यालयमा रहेका वालविकास र समुदायमा आधारित वालविकासमा कार्यरत ३५ सहजकर्ताहरु मण्टेश्वरी तालिममा सहभागी भएको थियो ।
गाउँपालिकाले पहिलो पटक वालविकासमा कार्यरत सहजकर्ताहरुलाई यसरी मण्टेश्वरी प्रणालीमा आधरित भएर तालिमको आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै विद्यालय र समुदायमा सञ्चालनमा रहेका बालविकास केन्द्रहरुका लागि मण्टेश्वरी प्रणाली मार्फत पठनपाठनको व्यवस्था गर्ने गरी बजेट समेत व्यवस्थापन गरेको थियो । गाउँपालिकाको शिक्षा शाखा मार्फत सञ्चालन भएको तालिम असाध्यै प्रभावकारी भएको तालिममा सहभागी सहजकर्ताहरुले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले आगामी वर्षदेखि मण्टेश्वरी आधारित भएर सबै सामुदायिक विद्यालयहरुमा सञ्चालीत वालविकास लाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनुभयो ।