सम्पर्क

न्यानोकपडा मिष्ठान भोजन बितरण गर्दै मनाइयो जेष्ठनागरिकदिवश

विसं २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको छ । यस वर्ष पनि ‘हामी सबैको सरोकारः ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइएको समाचार प्राप्त भएको छ । दोश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको हो । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले “‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।” भन्नु भएको छ उँहाले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा शुभकामना सन्देश दिदै यस्तो बताउँनु भएको हो । सन्देशमा अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको र ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिकमा अन्तरनिहीत ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक भएको भनिएको छ । दिवशको अबशर पारेर सिन्धु पाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नु्र्पु शेर्पा द्वारा ९५ बर्ष भन्दा माथिका १५ जना जेष्ठ नगरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा, ब्याल्केट, घिउ, नगद लागायतका समाग्रीहरु वितरण गर्नु भएको छ । सो कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेत, वडा अध्यक्षहरु लागायत कर्मचारीहरुको उपस्थिती रहेको थियो। दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक (असहाय तथा बेसहारा)हरूका लागि भोजन गराइएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको बिशेष उपस्थितीमा त्ँयहा रहेका दुई सय बेसहारा तथा असहायहरू तथा ज्येष्ठ नागरिकहरूलाई भोजन गराइएको हो ।