बिगत केही दिन अगाडी देखी सफा रहेको मौसम एक्कासि बिग्रीइको छ । बिजय दशमी को बेला भएको यो मौसमका कारण धेरैलाइ समस्यामा पारेको छ । बिजया दशमीको फुलपातीको दिन र अष्टमीको दिनमा मोैसम सफा रहे पनी महानवमीका दिन देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ ।
महानवमीको दिनमा भएको वर्षाको कारणले गर्दा दसैँमा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरहेको जनाएको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।मौसमविद् सजिना शाक्यका अनुसार आज मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । त्यस्तै, विजया दशमीको दिन भोलि देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ ।महाशाखाका अनुसार आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश नं १, मधेश प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विजया दशमीको दिन भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ । यसै बिच सिन्धुपाल्चोक जिल्लाका प्रशासनकार्यलयहरुले सतर्क रहन जिल्लाबासीहरुलाइ अनुरोध गरेको छ। बह्र्बिसे प्रहरी कार्यलयले बिशेष गरी बाह्रबिसे, भोटेकोसी, त्रीपुरासुन्दरी, बलेफी, सुनकोसी बासीहरुमा सतर्क रहन अनुरोध गरेको छ । बाह्र्बिसे प्रहरीले जल तथा मौसम विज्ञान विभागको मौसम सम्बन्धी विशेष बुलेटिनका अनुसार असोज १८ गते देखि असोज २१ गतेसम्म सामान्य भन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायतका विपद्हरुबाट मानवीय तथा आर्थिक क्षति हुनसक्ने पूर्वानुमान रहेकोले पूर्वतयारी गरेर बस्न अनुरोध गरेको छ ।
