सम्पर्क

उज्यालो बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं बार्षिक साधारणको उद्घाटन

उज्यालो बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख केष्ण प्रसाद सापकोटा को प्रमुख अतिथ्यतामा साधरण सभा भएको थियो । कार्यक्रमला शुभकामना मन्तब्य दिदै नगर प्रमुख सापकोटाले नाम जस्तै काम पनी उज्यालो भएकोमा खुशी लागेको बताउँनु हुदै सहकारी संस्थाहरु सँग नगरपालिका सहकार्य गरेर काम गर्न चाहेको बताउँनुभयो । कार्यक्रममा स्वागत भाषण गर्दै टक बहादुर कार्कीले सहकारीको शुरुका अबस्था देखी अहिले सम्म आइपुग्दा सहकारीले धेरै सामाजिक काम मा सहजीकरण गरेको शेयर सदस्यको पुजी प्रती जिम्मवार ढगंले काम गरिरहेको बताउँनुभयो । कार्यक्रमका बिशेष अतिथी पुर्ब नगर प्रमुख अमान सिं तामाङले केही घरपरिबार समेत मिलेर बस्न नसकेको अबस्थामा यती धेरै सदस्यउहरु मिलेर बस्न सक्ने सहकारी वास्तवमै पारिबारिक भएकोमा खुशी लागेको बताउँनुभयो । ५ नं. वडाका पुर्ब वडाअध्यक्ष समेत रहनुभएका लेखा समितीका संयोजक नरमान श्रेष्ठले सहकारी संस्थाले गरेको पारदर्शीताका बारेमा जानकारी गराउँनुभएको थियो । कार्यक्रममा गैर सरकारी महासंघका सोम सापकोटा पुर्ब माननीय कृष्ण राज श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो भने साधरण सभाले आ.ब ७९।८०को लागी ३३ करोड दश लाख ४७ हजार ५ सयको अनुमानीत बजेट समेत पास गरेको छ । सहकारीको अध्यक्ष राम वहादुर कार्किको सभापतित्वमा भएको उक्त कार्यक्रममा आय ब्यय प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका कोषध्यक्ष ललीत बहादुर रानाले १७७१ जना शेयर सदस्य रहेको जानकारी दिनुभयो । उँहाले सहकारीको सिद्धान्त अनुसार काम गर्दै जाँदा हाल सम्म २३७ जना शेयर सदस्यले शेयर हस्तानत्रण गरेकाले १७७१ भएको नत्र सहकारीमा २००८ जना शेयर सदस्य रहेका छन । कार्यक्रममा कोषाध्यक्ष रानाले पुरुष भन्दा महिलाको संख्या बढी रहेको १७७१ मध्ये ८५९ पुरुष र ९१२ जना महिला रहेको जानकारी दिनुभएको छ । उहाँले आ.ब २७८।७९मा तिन करोड छतीस लाख एघारहजार दश सय दुई रुपैयाँको आयब्यय प्रस्तुत गर्नु भएको थियो । साधरण सभाले कोषाध्यक्ष रानाद्धारा प्रस्तुत आयब्यय अनुमोदन गरेको थियो । कोषाध्यक्ष राणाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन, आ.ब. २०७८।०७९ मा १ करोड ८० लाख ३५ हजार ३०४ रुपैयाँ नाफा गर्न सफल भएकोे वताउनु भयो । संस्थाका सचिब संजीब तामाङले सञ्चालन गर्नु भएको कार्यक्रम कृष्ण रत्न गगां माध्यमिक बिद्यालयकाृ प्राङ्गणमा भएको थियो । सहकारीको चौधौं वार्षिक साधरणसभा तथा छैठौं अधिवेशनमा सहकारीको स्थापना काल देखिनै प्रत्येक बर्षको वडा दशैंको अगाडी नै वार्षिक साधारण सभा गरिदै आउने क्रमलाई यस बर्ष पनि निरन्तरता दिन सफल भएको अध्यक्षद्धारा प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रतिबेदनमा सहकारीको बारेमा गहन छलफलका लागि जम्मा हुने मौका जुरेको छ । यस सभामा गत आ.व. ०७८ र ०७९ को कार्यक्रम प्रगती, नीति तथा लेखा परिक्षण प्रतिबेदन सम्बन्धि छलफल गरि सो को बारेमा सल्लाह सुझाबको अपेक्षा गरिएको छ । गत आ.व. २०७७ र ७८ मा जम्मा सदस्य १६९८ जना रहेकोमा यस आ.व. ( ०७८ र ७९ ) ंको अन्तमा महिला सदस्य ९१२ र पुरुष ८५९ गरि जम्मा १७७१ जना सदस्य हुनु भएको ब्यहोरा अवगत गराउन चहान्छु । उक्त शेयर सदस्यज्यूहरुबाट खरिद शेयर रकम रु ७०३,९५,२०० , अनिबार्य मासिक बचत, दैनिक बचत, बाल बचत, मुद्दती बचत साधारण बचत एवं बिभिन्न जगेडा कोषहरुमा रहेका पूजिलाई परिचालन गरि शेयर सदस्यहरुको आवश्यकतालाई समाधान गर्दै सदस्यहरुको आर्थिक स्तर उकास्न यो सहकारी प्रतिवद्ध रहेको छ । “सहि कुरामा सहि तरिकाले लगानी गरौं र आर्थिक बृद्वी गरेर जीबन स्तर उकासौं” भन्ने कुरालाई मुल मन्त्रको रुपमा लिदै आएको व्यहोरा यस सम्मानित सभामा यस बर्ष पनि दोर्याउन चहान्छु । अझ सशक्त र प्रभावकारी वनाउन सकिने धेरै सम्भावना र अवसर हामी सामु छन् । सदस्यता संख्यामा वृद्धि, लगानीका नयाँ रणनीति कार्य योजनाहरुको कार्यान्वयनबाट अझ सहकारीको विकास र विस्तार गर्न आवस्यक देखीएको अध्यक्षले सभामा प्रस्तुत प्रतिबेदनमा जनाइएको छ । दुबै प्रतिवेदन सर्बसममत पास भएको थियो ।