सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ तातोपानीमा नवनिर्मित २१ फिट अग्लो शिव मुर्तिको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले उक्त मुर्तिको उद्घाटन गर्नुभएको हो । उक्त मुर्ति सिंगेश्वर महादेवको प्रतिक भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले ५० लाख लागतमा उक्त मुर्ति बनाएको अध्यक्ष शेर्पाले बताउनुभयो । तातोपानी घिरामा बनाएको उक्त मूर्तिको कारण धार्मिक पर्यटनमा टेवा पुग्ने वडा नं. २ को वडाध्यक्ष कुमार श्रेष्ठले श्रेष्ठले बताउनुभयो ।
