माओबादीका पुर्ब जनप्रतिनीधीहरु एमालेमा प्रबेशसिन्धुपाल्चोक जिल्लाका पुर्ब जनप्रतिनिधीहरु नेकपा एमालेमा प्रबेश गर्नेको लहर चलेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका माओबादीका पुर्ब नगर प्रमुख अमानसिंह तामाङ्ग,भोटेकोशी गाँउपालिकाको माअेबादीको पुर्ब उपाध्यक्ष दाबुटी शेर्पा चौतारा साँगाचोकगढी नगरपालिका ८का नेपाली काँग्रेसका पुर्ब वडा अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ लगाएतका माओबादी केन्द्रका प्रदेश कमिटीका सदस्य आङ्छिरिङ् शेर्पा, जिल्ला नेताहरु बिष्णु तामाङ्, सिताराम गिरी सहीत शयौको संख्यामा एमाले प्रबेश गरेको नेकपा एमालेका जिल्ला कमिटीका सदस्य युवा नेता राजु नेपालले जानकारी दिनु भयो । उँहाका अनसार नव प्रबेशीहरुलाइ नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधान मन्त्री केपी शर्मा वलीले अबिर खादा लगाएर स्वागत गर्दे पाटी प्रबेश गराउँनु भएको थियो । सिन्धुपाल्चोक जिल्लाको दुबै निर्बचान क्षेत्र र चारवटै प्रदेस सभामा एमालेलाइ बिजय गराउँने प्रतिबद्धताका साथ प्रबेस गर्नु भएका पुर्ब नगर प्रमुख अमानसिंह तामाङ्गले माओबादीले धेरै पेलेको जनातका लागी एउटा कुरा गर्ने काम अर्कै गर्ने प्रबृद्धी बढेको,काँग्रेससंग घाँटी जोड्दै नेपाली कम्युनिष्ट आन्दोलन प्रति पार्टी नेतृत्वले गम्रभीर घात गरेको बताउँनु भयो । प्रचण्डको नेतृत्वमा रहेको माओबादी केन्द्रले एक पछि अर्को राष्ट्रघात गरेकोले अब पनि उक्त पार्टीमा रहनु राष्ट्र र जनता प्रति यो भन्दा ठूलो बेईमानी अरु नहुने भएकाले आफुहरु एमाले प्रबेश गरेको बताउँनु भयो । उँहाले अब माओवादी जनजातीको पार्टी नरहेको बताउँदै माओवादी र एमालेको केन्द्रमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा पदाधिकारी चयनको आधारमा माओवादी जनजातीको पार्टी नरहेको ,बताउँनु भयो । भोटेकोशी गाँयपालिकाका पुर्ब उपाध्यक्ष् दाबुटी शेर्पाले एम सिसि पास भयो भने आत्माहत्या गर्छु भन्ने तर रातारात पारित गर्ने, गुठी पिडित किसानको हितमा ल्याएको ऐनको बिरोध गर्ने, कम्युनिष्ट बिरोधी शक्तिलाई काँधमा बोकेर नेपाली कम्युनिष्ट आन्दोलनलाई तहसनहस गर्ने, बिदेशी पुजिबादी शक्तिको आडमा भ्रष्टाचार, महंगी र कृतिम अभाव सृजना गर्ने, परिवारबाद लाद्ने लगायत जनबिरोधी कित्तामा उभिएको पार्टीको सदस्य हुनु राष्ट्र र जनता प्रति ठूलो धोका हुने भएकोले हिजोको एकतालाई निरन्तरता प्रदान गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुलधारमा प्रबेश गर्ने दृढता प्रकट गरेको बताउँनु भयो । एमालेले ४८-४९ सालदेखि नै शान्तिपुणर् प्रतिस्पर्धालाई स्वीकार गरेको तर माओवादी एमालेको लाइनमा १५ बर्ष पछि अर्थात ६३ सालबाट मात्रै आएको बताएका छन । एमालेकै बाटोमा आउनु थियो, काङ्ग्रेस सङ्ग यतिधेरै लम्पसार पर्नु थियो भने ५२ सालदेखी युद्ध किन गरेको ? भनी प्रश्न गर्दै माओवादी ले सबै गरिब जनताको जीवनमा परिवर्तन ल्याउन लडेको भनिएपनी सिमित नेताहरुको जीवनमा मात्रै परिवर्तन आएको तर आम जनसमुदायको जीवनमा कुनै परिवर्तन नआएको नव प्रबेसी हरुले बताएका छन । जुन वर्गको विरुद्ध २०५२ सालमा लडाइ लडियो अहिले माओवादी त्यही बर्गको पुच्छर भएर राष्ट्रघाती काम गर्दै आएको बताउँदै एमसीसी पास, नागरिकता बिधेयक पास जस्ता राष्ट्रघात माओवादीले सत्तामा टिकिरहन गरेको पनि उँहाहरुको भनाइ रहेको थियो ।
