बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लब चौताराले नयाँ कार्यसमिती चयन गरेको छ । मेगा बैंक चौतारा शाखाका प्रबन्धक रामकृष्ण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लबको २४ जना रहने गरि नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रिलायबल इन्स्योरेन्सका प्रबन्धक लक्ष्मण बिष्ट , उपाध्यक्षमा नेपाल बैंकका प्रबन्धक बिनिता नेपाल , अर्का उपाध्यक्षमा लक्ष्मी बैंकका प्रबन्धक पवन सापकोटा ,सचिबमा स्वाबलम्बन माइक्रोफानान्सका प्रबन्धक उमेश भण्डारी,सहसचिबमा युनियन इन्स्योरेन्स का सुजन श्रेष्ठ ,कोषाध्यक्षमा ग्लोबल बैंकका प्रबन्धक नवीन श्रेष्ठ र सह कोषाध्यक्षमा ज्योती लाइफबाट रिना श्रेष्ठ गरि २४ कार्यसमिति चयन भएको हो । सदरमुकाम चौतारामा आठ वटा बैंकहरु तथा इन्स्योरेस छ वटा र माइक्रोफाइनान्स नौ गरि सहकारि बाहेक जम्मा २५ वटा बित्तीय सस्थाहरु रहेका छन् । यस अघि नेपाल बैंकका समिक कुमार दाहलको नेतृत्वमा क्लबले रक्तदान कार्यक्रम, कर्मचारी मैत्रीपुर्ण फुटसल खेल लगायत कार्य गरेको थियो । अब आगमी दिनमा बजार सरसफाइ कार्यकम , खेलकुद लगायत आबश्यक्ता अनुसार अन्य विभिन्न सामाजिक कार्य गर्ने नबनिर्बाचित अध्यक्ष पराजुलिले बताउनुभयो ।
