ईन्द्रावती गाउँपालिका –१० भोटसिपामा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष झम्क नेपाल, नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र घिमिरे र निवर्तमान वडाअध्यक्ष तथा समाजसेवी जीवन कुमार थापा मगरको अतिथ्यतामा शनिबार खानेपानीको उद्घाटन गरेका हुन् । जिल्ला खानेपानी आयोजना र ज्याफ्स इन्टरनेसनलको समन्वयमा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । उक्त बस्तीमा दलित, जनजाती, विपन्न वर्गको बसोबास छ । घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेकोमा स्थानीयले खुसी व्यक्त गर्नुभयो ।
