सम्पर्क

सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

नेपाली काँग्रेस गगन थापा नेतृत्वमारहेको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ र २को दुबै अधिबेशन स्थगित भएको छ भने शेर बहादुर देउवा पक्षधरहरुको दुबै क्षेत्रीय कार्यलय खुलेको छ । क्षेत्र नं १को बाह्रबिसेमा र २को मेलम्चीमा भइरहेको थापा पक्षको अधिबेशन स्थगित भएको हो भने देउवा पक्षको क्षेत्र नं १को सम्पर्क कार्यलय दखाडीचौउरमा र र क्षेत्र नं २को सम्पर्क कार्यलय मेलम्ची बजारमा खुलेको छ । थापा पक्षधरको वडा अधिबेशन सम्पन्न भइ क्षेत्रीय अधिबेशन को बिचमा अधिबेशन स्थगित गर्न परेको थियो । स्थगित गर्न पर्ने मुख्य कारण भने निर्बाचन समितीको लापार्बहीका कारण भएको प्रतिनिधीहरुको भनाइ रहेको छ । क्षेत्र नं१का उम्मेदवार को नाम छुटाएर मत पत्र तैयार गरी बितरण गरिएको र २नं क्षेत्रमा भने मतदान अधिकृतको हस्ताक्षर बिना मत पत्र बितरण गरिएको थियो । क्षेत्र न २मा भने थापा पक्षले आफु अनुकुल नभएकाहरुको सक्रिय सदस्यता नदीएको र वडा निर्बाचन समितीले निर्णय गरेर दिएको निर्णय पुस्तिकाको नाम प्रतिनिधी परिचय पत्र दिएको तर मतदानबाट बञ्चीत गराएको थियो । चौतारासाँगाचोकगढी नगरपालिकाका केही वडाहरुमा नयाँ सदस्यता समेत दिएनन भने वडा अधिबेशनबाट छनौट भएका प्रतिनिधीहरुको समेत क्षेत्रीय अधिबेशनमा मतदाता नामावलीमा नाम हटाइएको थियो । चौतारादेखी र काठमाण्डौ देखी गाडी भाडा खर्च गरेर गएका मतदाताहरु मत दनि नपाए पछी त्यसै फर्कन परेको थियो । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै पार्टीभित्रको गतिविधि रोचक बन्दै गएको अबस्थामा संस्थापन पक्ष क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदानमा व्यस्त हुँदा संस्थापनइतर पक्ष भने वडा अधिवेशनको तयारीसँगै सम्पर्क कार्यालय खोल्न सक्रिय भएको हो ।
मंगलबार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा संस्थापन पक्ष क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदान गरिरहँदा संस्थापनइतर पक्ष भने बाजागाजासहित सम्पर्क कार्यालय उद्घाटन गरेर आफ्नो गतिबिधी बढाइ रहेको थियोे ।

क्षेत्र नं १को कार्यालयको उद्घाटन जिल्ला संयोजक लालकाजी तामाङले गर्नु भएको थियो भने क्षेत्र नम्बर २ मा संस्थापन पक्षले मेलम्चीमा क्षेत्रीय अधिवेशन गरिरहेका बेला इतर पक्षले पनि मेलम्चीमै सम्पर्क कार्यालयको उद्घाटन कांग्रेस नेता विकास तामाङले गर्नु भएको हो । सिन्धुपाल्चोकमा संस्थापनइतर पक्षले वडा हुँदै जिल्ला अधिवेशनसम्मको तयारीको जिम्मेवारी नेता मोहनबहादुर बस्नेतलाई दिएको छ । बस्नेतले जिल्ला संयोजकको जिम्मेवारी लालकाजी तामाङलाई दिनु भएको छ ।