सम्पर्क

सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी

सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपाका युवराज दुलाल निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो ।

अन्तिम मत परिणामअनुसार नेकपाका दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजयी बन्नुभएको छ भने नेपाली कांग्रेसका तामाङ १९ हजार १४६ मतसहित दोस्रो स्थानमा रहनुभएको छ । नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले १५ हजार ९२६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठ १४ हजार १९ मतसहित चौथो स्थानमा सीमित हुनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेशसभा ‘क’ बाट दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित भइसक्नुभएका दुलाल युवा नेतृत्वका रूपमा चिनिनुहुन्छ । जनमुखी कार्यशैली र सक्रिय राजनीतिक भूमिकाका कारण उहाँले जिल्लामा लोकप्रियता हासिल गर्नुभएको छ ।