सम्पर्क

सबैले आ–आफ्नो धर्म पालना गरे भ्रष्टाचार हुँदैन, देश आफै बन्छ ः राज्यमन्त्री चौधरी

काठमाण्डौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सबैले आ–आफ्नो धर्म मान्ने हो भने मुलुकबाट भ्रष्टाचार आफैं कम हुने बताउनुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा बुधबार काठमाडौंको बालाजुमामा आयोजित श्रीमद्भागवत महापुराण तथा श्रीमद्वाल्मिकी रामायण ज्ञान महायज्ञलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘देश विकृत, अव्यवस्थित, भ्रष्ट र अनैतिक भएकाले गुनासो गर्ने, गाली गर्ने र आन्दोलन गर्ने र देश छाड्नेको संख्या बढ्दै गएको छ । हो, समस्याहरू छन् । त्यसोभए समस्या छ भने दुव्र्यवहारको विरोध गरेर त्यसलाई न्यूनीकरण गरेर समाधान गर्न सकिन्छ ?, राज्यमन्त्री चौधरीले भने, ‘यी सबै समस्याको एउटै कारण भनेको मानिस आफ्नो धर्मबाट विचलित हुनु हो । जब कोही आफ्नो धर्मबाट विचलित हुन्छ र विनाश र भ्रष्टाचार सुरु हुन्छ । समस्या सुरु हुनेछ ।’ देशका हरेक जिम्मेवार व्यक्तिले आ–आफ्नो जिम्मेवारी र धर्मअनुसार काम गरे समस्या समाधान हुने उनको तर्क छ । प्रत्येक नागरिकले राज्य र समाजप्रतिको कर्तव्य पूरा गर्नुपर्छ । नागरिक हुनुको धर्म, नेता हुनुको धर्म, जनप्रतिनिधि हुनुको धर्म र राज्यमन्त्रीको धर्म, राज्यमन्त्रीले देशको लागि गर्नुपर्ने धर्म पनि बोकेर काम गर्छु । यसरी सबैले आ–आफ्नो धर्मको पालना गरे देश आफै बन्छ’, उहाँले भन्नुभयो ।
त्यस्तै राज्यमन्त्री चौधरीले नेपाललाई ‘धार्मिक पर्यटकीय गन्तव्य’का रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्राचीन कालदेखि नै विभिन्न जातजाति, भाषा, सभ्यता र संस्कृतिको संगम भएको नेपाल धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकता भएको अखण्ड र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । हाम्रो धार्मिक, साँस्कृतिक, जातीय, भाषिक र धार्मिक विविधताले विश्व समुदायमा सभ्यता र संस्कृतिमा नेपालको गौरवपूर्ण गौरव प्रमाणित गर्दै ऐतिहासिक पहिचान र स्वाभिमानको विषय बनेको छ । नेपाललाई ‘धार्मिक पर्यटकीय गन्तव्य’का रूपमा प्रचार–प्रसार गरी विकास गर्नुपर्छ ।