सम्पर्क

ब्लड क्यान्सर रोगीलाई समिरको सहयोग

 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ९ स्थित सामाजिक अभियानकर्ता समिर तामाङको सहयोगमा २ वर्षको वालक सुसान व्लोनका आमालाई रु ३६९९४९÷– हस्तानन्तरण गरिएको छ ।
टिपटपहोटल इर्खुका सञ्चालक समेत रहनु भएको तामाङले तिन लाख उनन्सत्तरी हजार नौ सय उन्नन्चास रुपैयाँ जम्मा गरी हस्तानन्तरण गर्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिका –९ मुलखर्ककी स्वस्तीका तामाङ तितुङ, मकवानपुर फापरबारीको कुमार व्लोनका छोराको व्लड क्यान्सर भई क्यान्सर अस्पताल भक्तपुरमा उपचार रत रहेकाले आर्थिक स्थिती कम्जोरी भएको हुँदा उहाँको पहलमा उक्त रकम जम्मा गरी हस्तानन्तरण गरिएको हो । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा स्थानीय समाजसेवीहरुको उपस्थितीमा उक्त रकम हस्तानन्तरण गरिएको हो । हस्तानन्तरण कार्यक्रममा वडाअध्यक्ष श्रेष्ठले  समिर तामाङको अभियान मानव सेवा र बहुत धार्मिक काम भएको बताउँदै उँहालाई धन्यबाद दिनुभयो भने उपचाररत व्लोनको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।