
पिस्कर
सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष टेकबहादुर गुभाजु (विजय) आफ्नो वडाभित्र रहेका बृद्धअवस्थाको उमेर समुहका स्थानीयको घरमै पुग्दा उहाँहरु अत्यन्तै खुसी हुनुभयो ।
अहिले गाउँमा केटाकेटी र बृद्धबृद्धा मात्र छन् । एक्कासि वडा अध्यक्ष सहितको जनप्रतिनिधि र कर्मचारीको टोलि आफ्नो घरमा केही कोसेली सहित पुगे तब उहाँहरु स्थानीय सरकार भेट्न पाउँदा र आफ्नो मनको कुरा राख्न पाएकामा हर्षले गदगद हुनुभयो । उहाँहरुको साहारा लठ्ठी र रेडियो मात्र छ । दिउँसो भएका केटाकेटी पनि विद्यालय जान्छन् । पातलो बस्ती र एक्लै दिन काट्नुपर्ने उनीहरुको बाध्यता छ । कति जना त बुढौलीले थलीएर बसेकोमा वडा अध्यक्ष सहितको टोलि पुगेर केही राहतका सामग्री वितरण गर्नुभएको थियो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा क्षेत्रका ९० बर्ष माथिका ११ जना जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा तथा पोषिलो खानेकुरा जेष्ठ नागरिकहरुको घर– घरमा पुगि वितरण गरिएको हो ।
वडा अध्यक्ष टेक बहादुर गुभाजु, कार्यपालिका सदस्य ज्ञानी थामी, वडा सचिव संजय दाहाल तथा अन्य कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । गत वर्ष पनि वडा अध्यक्ष टेकबहादुर गुभाजु (विजय) ले वडा भित्रका बृद्धअवस्थामा रहेका नागरिक, अशक्त र अपाङ्गहरुलाई आफ्नै खर्चमा हर्लिक्स सहित भेटघाट कार्यक्रम राख्नुभएको थियो ।
