कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक ब लेफि गाँउपालिका वडा नं. ७ खाडीचौरमा रहेको ग्लोबल आई.एम.ई. बैंक खाडीचौर शाखाले आईतवार खाडीचौरमा वितिय साक्षरता कार्यक्रमा खाडीचौरमा सम्पन्न गरेको छ ।
कार्यक्रममा बैंकले आफ्ना खातावाला र स्थानीयलाई भेला गरेर बैकले राष्ट्र बैकको निति अनुसरण गर्दै ग्लोबल बैकको संयोजनमा सामाजिक उत्तरदायित्व अन्र्तगतका बिषयमा जानकारीमुलक कार्यक्रम गरिएको खाडीचौर शाखा प्रमुख सम्झना श्रेष्ठले बताउनु भयो ।
नेपालभरी ३ सय ५६ शाखाहरू बिस्तार गरि संचालन भईरहेको र जोर्डान, भारत, अष्ट्रेलिया, गप लगाएको देशहरूमा समेत कारोबार भईरहेको उक्त बैंकमा ४६ लाख भन्दा माथि बचत कर्ता रहेको बैकले जनाएको छ ।
मोबाइल बैककिङ, ATM, भिसा कार्ड लगाएत बैंक सम्बन्धि गुनासा लगाएत बिषयमा अन्तरक्रिया समेत गरेको थियो । कार्यक्रममा जनचेतनामूलक भिडियो देखाउदै बाह्रबिसे शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले चेतना मुलक प्रस्तुति गर्नु भएको थियो ।
