सम्पर्क

कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरिसकेका छौ ः नगरप्रमुख सापकोटा

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरका सबै बिद्यालयमा १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने तयारी पुरा हुन लागेको बताउँनु भएको छ । उहाँले आफु भाषणमा भन्दा पनी काममा बढी बिश्वास राख्ने भएकाले काम गरेर देखाउछु बताउँदै अरु साथीहरुलाई पनी अब काम गरेर देखाउँन सल्लाह दिन्छुभन्नु भयो । उहाँले वडा नं. ३ खाले स्थित समाज बिकास आधारभूत विद्यालयको ३५ औं बार्षिकोत्सव अभिभावक भेला तथा भुतपुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । बिहिबार कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट बोल्दै कक्षा १२ सम्मनै निःशुल्क गर्ने भनी आधिकारिक रुपमा कार्यपालिकामा नै निर्णय गरिसकेको जानकारी दिनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावक प्रशासन र विद्यार्थीको समन्वयले मात्रै प्रभावकारी शिक्षा प्रदान गर्न सकिने बताउदै सबैको साथ र सहयोगले मात्रै शैक्षिक गुणस्तरमा वुद्वि गर्न सकिनेमा जोड दिनुभयो । उहाँले भुतपूर्व विद्यार्थी तथा अभिभावकले विद्यालयप्रति गर्नुभएको सहयोगप्रति खुशि व्यक्त गर्नुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ का वडाध्यक्ष सामाजिक बिकास शाखा प्रमुख राम प्रसाद गौतमले हरेक बिद्यालयले शैक्षिक अबस्था सुधार गर्नका लागी प्रयास रहत हुन्छन तर यस बिद्यालयमा भने पुर्ब बिद्यार्थीहरु अभिभावक शिक्षक बिद्यार्थी सबैले बिद्यालयको स्तर उन्नतीका लागी गरेको सहयोग उदाहरणीय हुने बताउँनु भयो । अर्काे अतिथी ३ नं. वडाका वडाअध्यक्ष टेक बहादुर तामाङले शिक्षा सिकाइको उपलब्धिका आधारमा वडाले सबै बिद्यालयलाई सहयोग गरिरहेको बताउँनु हुँदै गुणस्तरीय शिक्षा नै आजको आबश्यकता भएको बताउँनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरोज विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले कक्षा १ देखि ८ सम्म पठनपाठन भइरहेको र बिद्यार्थी तथा अभिभावकको माग अनुसार अब बिद्यालयलाई स्तर उन्नती गरी माध्यमिक तह सम्मको पढाइ सञ्चालन गर्ने योजना रहेको बताउँनु भयो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । वार्षिक उत्सवको अवसर पारेर विद्यालयको आधारभुत विद्यालयलाई माध्यमिक स्तरमा लैजानको निमित्त भूतपूर्व विद्यार्थी सुशील तामाङको संयोजकमा भुतपूर्व विद्यार्थिहरुबाट रु. एक लाख तिस हजार ६ सय नौ रुपैयाँ रकम संकलन गरी विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
नगरपालिका भित्रको दुर्गम बस्ती खाले आसपासमा रहेका जनजाती बस्तीको बाहुल्यता भएको सोहि विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत १८४ जना विद्यार्थी रहेका छन् । कार्यक्रममा चौतारा वडा नं. १३ का वडाध्यक्ष
राम प्रसाद गौतम, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु ,समाजसेवी , बुद्दिजिवी, विभिन्न विद्यालयका प्रतिनिधिहरुको अभिभावक, भुतपूर्व विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।