सम्पर्क

मेलचौरमा ५० जनाद्धारा रक्तदान

  चौतारा साँगाचोकगढी नगरपालिका – ७ मेलचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार वडा दशैँ, शुभ दिपावली तथा छठ पर्वको पावनको अवसरमा मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रद्धारा आयोजित शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको अध्यक्ष यज्ञ प्रसाद दंगालले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा वडा नं. ७ कार्यालय, सुनकोशी ईन्द्रावती समाज सिन्धुपाल्चोक, नेपाल रेडक्रस सोसाईटी मेलचौर उप–शाखा, सहरी स्वास्थ्य केन्द्र मेलचौर, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुर, सिन्धुपाल्चोक जिल्ला फुटबल संघ, मालिकादेवी सामुदायिक सिकाइ केन्द्र र मेलचौर युवा जागरण समाजको सहयोग रहेको थियो ।

रक्तदान कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले उद्धघाटन गर्नुभएको थियो ।