सम्पर्क

Month: २०७८ कार्तिक ११ बिहीबार

विकासको पूर्वाधारले मात्रै समृद्धी आउँदैन – अमान सीँ तामाङ , मेयर चौतारा साँगाचोकगढी नगरपालिका

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिकाको अबस्था कस्तो रहेको छ र विकासका कामहरु के कस्ता भैरहेका छन् । बिशेषगरी , शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रमा नगरपालिकामा के– के काम भैरहेका छन् भन्ने विषयमा केन्द्रीत रही सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमान सीँ तामाङसँग लोकप्रिय समाचारले गरेको कुराकानी – १) पछील्लो समय चौतारा नगरपालिकाले विकास निर्माणका सवालका कुन– कुन विषयलाई प्राथमिकतामा राखेको छ ? नम्बर एकमा मैले नगरपालिकामा निर्वाचित भएर आईसकेपछी पूननिर्माणलाई जोड दिएको थिए । नम्बर दुईमा काठको पोल मुक्त गर्ने अभियानमा लागे । त्यसका साथसाथै नगरका प्रत्येक वडाको वडा कार्यालयसम्म कालोपत्रे बनाउने अभियानमा जुटे । आयमुलका कार्यक्रमहरु , नगरका भित्री बाटोहरु स्तरोन्नती गर्ने कामहरु , नगरपालिकाको कार्यालय , वडा कार्यालय, स्वास्थ्य कार्यालय बनाउने काममा जोड दिए । गौरबका योजनाहरु बनाउने क...