दिपिन ढुंगाना
तेस्रो काब्य म्युजिक अवार्ड लोक तथा दोहोरी गायक सरोज लामिछाने प्राप्त गर्नुभएको छ । राष्ट्रिय नाँचघर जमलमा भएको कार्यक्रममा सर्वोत्कृष्ट लोक तथा दोहोरी गायकको रुपमा सरोज लामिछाने सम्मानित हुनुभएको हो । पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लामिछाने सँगै अन्य कलाकार समेत सम्मानित हुनुभएको थियो ।
२०४९ साल माघ २ गते सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको फटकशिलामा बुबा उत्तममणि लामिछाने र आमा सावित्रा लामिछानेको कोखबाट जन्मिएका गायक लामिछाने पाँच जना परिवार मध्यका उनी कान्छा छोरा हुन् । सानै उमेरदेखि गीत लेख्न, गाउँन, नाच्न कार्यकम चलाउन र अभिनय गर्न निकै रुचि र चासो राख्ने लामिछाने बहु आयामिक कलाकारका रुपमा स्थापित भएका छन् । पछिल्लो समय नेपालमा काँठ क्षेत्रका गितहरु ओझेल पर्दै गएको अवस्थामा लामिछाने अहिले तिनै काँठको धरोहरको रुपमा परिचीत छन् र उनको आगमन संगै काँठे भाकाले समेत नंया उचाई हासिल गरेको छ ।
प्राय मौलिक पनका गीतहरू सृजना गर्न माहिर उनी मौलिकतामा नै उनको बढी दख्खल देखिन्छ । कडा परिश्रम र मेहनत गर्न मन पराउने उनका अधिकाशं गीतहरु भिउजका आधारमा करोड तथा आधा करोड भन्दा माथि दर्शकको नजर परेको देख्न सकिन्छ । पहिलो सांगीतिक कोशेली,नरुनु है ए आमा बाट आफ्नो व्यवासायिक यात्राको प्रारम्भ गरेका लामिछानेका थुप्रै प्रतिष्ठित गीतहरू बजारमा चर्चाको शिखरमा छन् । जसका गीतहरू, मेला, महोत्सव, चार्डपर्व , जात्रामात्रा , बाजागाजा, बिहे,व्रतबन्ध तथा अन्य सांस्कृतिक कार्यक्रमहरुमा गुञ्जिने गर्दछन् । लामिछानेको गितमध्य बदाम खाको , सुन्तला छोडाको , धानको बाला लसरी पसरी , कोठा भाडा तिर्दिने मैले हो , मूसौरी, दुई खोली दोभान , हे मेरो सानु , कहाँ होला र सुन जस्तो पित्तल , सालको पात हे मायाँ टपरी दुना ( घर त ठिमी) खाडा देभि माई , चन्द्रागिरीमा, माछी कहाँ छ खोलिको लेउमा छ, सानुमाया हासेर बोल , मुड आयो , जिन्दगी के छ र, के चाहिँ गर्ने हो, जस्ता सयौं गीतहरू प्रचलित छन् । बच्चा देखि वृद्ध बा आमा सम्मको प्रिय बनेका उनी आफ्ना विभिन्न गीतहरु मार्फत थुप्रै संघ संस्थाहरूबाट अवार्डहरु प्राप्त गरेका गायक,कार्यक्रमको शिलशिलामा विदेशका विभिन्न शहरहरूमा पुगेर आफ्नो सांगीतीक प्रस्तुति दिइसकेका छन् । देश तथा विदेशमा उत्तिकै लोकप्रिय बनेका गायकले पछिल्लो समय व्यवसायिक रूपमा आफ्नो दोहोरी साँझ पनि सञ्चालन गरेर थुप्रै कलाकारहरुलाई रोजगारी समेत दिईरहेका छन् ।
