सम्पर्क

चौतारालाई नमुना वडा बनाउँछौंः वडा अध्यक्ष श्रेष्ठ

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष एवम सामाजिक व्यक्तित्व शिव श्रेष्ठ साविक चौतारा गा.वि.स हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ५ बाजे सोम बहादुर श्रेष्ठ, बुबा अमिर बहादुर श्रेष्ठ र आमा कृष्ण माया श्रेष्ठको कोखबाट २०३६ कार्तिक ११ गते जन्मनु भएका वडाध्यक्ष श्रेष्ठसँग लोकप्रिय समाचारले गरेको छोटो कुराकानी ः

तपाईको परिचय पाउँ न ?
मेरो नाम शिव श्रेष्ठ हो । म अहिले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को वडाअध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेको छु ।
२०५० सालदेखि सामाजिक गतिविधिमा आबद्ध रहनु भएको उहाँ पूर्व निर्माण व्यवसायी जिल्ला सचिव, जिल्ला खेलकुद विकास समिति जिल्ला फुटबल संघ सदस्य, टोल विकास समिति अध्यक्ष, चौतारा युवा बचत समूह अध्यक्ष, चौतारा नमूना गुठीको अध्यक्ष, खासा व्यापार निर्माण व्यवसाय, निर्माण व्यवसायी र यातायात व्यवसायी तथा विभिन्न सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छु ।

वडा अध्यक्ष भएपछी तपाईले सामाजिक काममा कसरी समय दिईरहनु भएको छ ?
खाशगरी वडा अध्यक्ष नहँुदा पनि गर्ने सामाजिक काम नै हो । यसका लागी कुनै समय छुट्याउँन परेन बाल्यकालदेखी चौतारा बजारमा बसेको हुँदा कहाँ के गर्न पर्छ ? के कस्ता समस्या छन् भन्ने कुरामा मलाई ज्ञान भएकाले पनी म खाशगरी सामाजिक काममा समय दिन सकिरहेको छु ।

खाशगरी वडा भित्रको समस्या के के छन् ?
यस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ भित्र धेरै समस्याहरु छन् । जस्तै अव्यवस्थित पार्कीङ्ग, सडक मर्मत, बजार व्यवस्थापन, सदरमुकाम भएकाले यहाँ हुँने गतिबिधीका कारण जिल्ला भरी नै प्रभाव पर्ने भएकाले यसको स्थायी समाधान गर्नु मुख्य समस्या रहेको छ । हामीले देखेको पहिलो समस्या भनेको बेरोजगार नै हो रोजगारका लागी बिशेष कार्यक्रम ल्याउँन पर्ने देखिन्छ । यस्तै समस्याहरु धेरै छन् ।

वडा अध्यक्ष भएपछी के कस्ता कार्यक्रमहरु गर्नुभयो ?
म वडा अध्यक्ष भएपछी मैले गरेका कामहरु भनेको पहिलो त नगरबासीको सुरक्षा, स्वास्थ्य, शिक्षा नै हो त्यसपछी उत्पादनमुखी कामहरु हुन् । म निर्वाचित भई सकेपछी भेरै कामहरु भएका छन् । चौतारा बजारलाई व्यवस्थित गर्न र बजार व्यवस्थापन गर्न २ जना वडा प्रहरी परिचालन गरिएको छ । जसबाट बजार क्षेत्रमा हुने दुर्घटना तथा ट्राफिकजाम बजार व्यवस्थापन समेत भएको छ । बजारलाई सुन्दर र व्यवस्थित गर्न बजार सरसफाई २ जना परिचालन गरी बजार सुन्दर र सफा राखिएको बजारमा रातिको समयमा हिँडडुल गर्न सहजता प्रदान गर्न सडक बत्ती साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ ।
गरिब तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरी न्यूनतम रोजगारी सिर्जना गर्ने गरी योजना अगाडि बढाईएको कार्यालय प्रशासन सम्बन्धि कार्यको लागि जनताको समस्यालाई मध्यनजर गर्दै सम्बन्धित फाँटको कर्मचारी बिदामा भएको दिन बाहेक बिहान दिउँसो साँझ जुनसुकै समयमा पनि सेवा प्रवाह गरिएको छ । वडा कार्यालयबाट प्रवाह हुने सेवा छिटो छरितो प्रभावकारी र सुशासनमुखि बनाईएको बजार क्षेत्रलाई विशेष प्राथमिकता राखी इच्छा अनुसारको एड्भान्स तालिम गराई रोजगार सृजना गर्ने योजना अगाडि सारिएको छ । विभिन्न पुरानो मठ मन्दिर कला संस्कृतिको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटन पर्वद्धन गर्ने योजना बनाइएको छ । बजार क्षेत्रको बाटो निकै साघुरो तथा ट्राफिक जाम भएको अवस्थालाई मध्येनजर गर्दै वैकल्पिक बाटो बनाई एक तर्फी बाटोको अध्ययन सुरु गरिएको लगाएत उत्पादनमुखी कामलाई प्रोत्साहन दिइएको छ । वडाकार्यलयबाट सिप सिकाउँने सँगै सिकेको सिपलाई व्यवहारमा लगाउँने कामको सुरुवात भएको छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा के कस्ता काम हुँदै छन् ?
यस वडाभित्र १० वटा शैक्षिक संस्थाहरु छन् । प्राविधिक विद्यालय, क्याम्पस, बोर्डिङ जसमध्ये ६ वटा सामुदायीक विद्यालयहरुलाई मर्च गरि भुगोल र चौति संरचनाको हिसाबले पठन पाठन हुनेगरी संचालन गर्ने र शैक्षिक गुणस्तरलाई सुधार गर्ने लक्ष्य छ । त्यसैगरि चौतारामा रहेको वृद्धाआश्रममा मानसिक स्वास्थ्य परिक्षण गरिरहेका छौं ।

भाबी योजनाहरु के के छन् ?
हामीले बिगतका कामहरुलाई निरन्तरता दिदै केही थप योजनाहरु अगाडी सारेका छौ । त्यो आगामी बर्ष पुरा हुन सक्छ भन्ने बिश्वासका साथ अगाडी बढेका छौ । अबको २ वर्षमा सबै ठाउँमा बत्ती व्यवस्थापन गरिने र स्थानीय मुहान संरक्षण एवम् खानेपानी व्यवस्थापन गरी पाइप सु–व्यवस्थित गर्ने कार्य यो वर्षबाट नै सुरु गर्न लागिएको छ ।
बिजुली लाइनलाई अन्डर ग्राउन्ड गर्नेवडा बासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै सके सम्म प्रत्येक वर्ष मुटु परीक्षण कार्यक्रम सञ्चालन गर्ने भूकम्पको कारण जोखिममा रहेका संरचना मर्मत सम्भार गर्नै तर काम नलाग्ने बस्तुहरुलाई नष्ट गरी स्वच्छ बाताबरण तैयार गर्नै कृषिमा पकेट क्षेत्र सञ्चालन गर्न योजना तयार गरिएको छ । वडाको मुख्य आयस्रोत स्थानीय व्यवसायी तिर्ने कर पनि हो । सो रकमको निश्चित प्रतिशत नगरपालिकासँग माग गरी व्यवसायीको हकहितमा प्रयोग गर्ने लगायत विभिन्न कार्यक्रमहरू अगाडि सारिएको छ । चौतारा पुरानो बजारमा रहेको चिहान पाटि घाटलाई सुधार्ने र सडको साथै आवश्यक स्तरउन्नती गर्ने पहल हुदैछ । त्यसैगरी चौतारामा प्रेमध्वज प्रधानको सालीक निर्माण गर्ने तैयारी गरिरहेका छौ । मापदण्ड बिपरित निर्माण भएका संरचना हटाउँने, सार्वजनीक जग्गाको खोजी गर्ने चौताराको मुख्य सडकहरु सरसफाइ गरिरहने र मासिक रुपमा पानि समेत हालेर सफा गर्नै यस वडालाई साँच्चिकै नमुना वडा कसरी बनाउँन सकिन्छ भनेर सबै पक्षसँग समन्वय गर्न लागी परेका छौ ।

अन्तमा केही छ की ?
म सबै भन्दा पहिले तपाईहरुलाई बिशेष धन्यबाद दिन चाहन्छु । किनभने वडा नगर बिकासमा तपाईहरुले खेलेको भुमिकाप्रती हामिले गरेका कामहरुका बारेमा राम्रालाई राम्रा नराम्रालाई नराम्रा भन्ने खालका समाचारहरु प्रकाशन गरेर हामीलाई सचेत गराउँनु भएकोमा । हालसम्म जेजती गर्न सकियो, अव आउने नयाँ आर्थिक वर्षमा अझ जनताका माझ पुगेर उहाँहरुसंगै योजनाहरु माग गरि आफ्नो कार्यकाल भित्र समग्र वडाको विकास गर्ने लक्ष्य लिएको छु । मेरो हालसम्मको अनुभव, वडाका सम्पूर्ण गतिविधिहरु तपाईको संचार माध्यमबाट जनतामाझा पु–याउन सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु ।
साथै यहाँहरुको साथ र सहयोग अन्य दिनहरुमा पनि रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । त्यसैले वडाबासीहरुमा म के अनुरोध र्न चाहान्छु भने वडाकार्यालयबाट कहाँ कहाँ के के गर्नपर्छ सुझाब पाउँ र यसका साथै हामिले गरेका कामहरुका बारेमा पनि निगरानी गरिपाउँ सल्लाह सुझाबको अपेक्षा पनि गर्दछु । धन्यवाद