सम्पर्क

स्वास्थ्य

बाह्रबिसे दुर्घटना मा नगर प्रमुखद्धारा दुख ब्यक्त

बाह्रबिसे दुर्घटना मा नगर प्रमुखद्धारा दुख ब्यक्त

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगर पालिका वडा नं७ नागपुजेबाट बाह्रविसे बजार आउँदै गरेको बा १२ च ४९९१ बोलेरो अँधेरी खोलामा बिहान ११ बजे दुर्घटना भएको छ। दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ भने अन्य ४जना घाईते भएका छन् । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ .बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले दुर्घटना के कारणले भएको भन्ने नखुलेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ स्थित नागपुजेमा बोलेर दुर्घटना हुदाँ बाह्रबिसे नगरपालिका–७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको खबरले स्तब्ध बनाएको जनाउँनु भएको...
कुकुर उठाउँदै बलेरोमा हाल्दै

कुकुर उठाउँदै बलेरोमा हाल्दै

जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चाुक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाले छाडा कुकुर समातेर कुकुरको बन्ध्याकरण गर्न शुरु गरेको छ । चौतारासाँगाचोकगढी नगरपालिकाले यस बर्ष करिब २०० कुकुरको बन्ध्याकरण गर्ने योजना राखेको पशु शाखाले जनाएको छ । यसै सन्धर्भमा बुधबार कुकुर सङ्कलन गर्न वडा नं १४मा नगर पशु शाखाका कर्मचारी पुगेर स्थानीयको सहयोगमा कुकुर समाउँदै बलेरोमा हाल्दै लगेको छ ।यसरी जम्मा पारिएको कुकुरलाइ इर्खुमा लगेर बन्ध्यकरण गरि फर्काइने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का वडा सदस्य रत्न बहादुर तामाङले कुकुरको बन्ध्याकरण गरेर जँहाबाट लगस्यको सोही ठाउँमा ल्याएर छाडीने र त्यस्ता कुकुरबाट अरु छाउरा नहुने भएको ले छाडा कुकुर नियन्त्रणमा आउँने बताउँनु भयो ।  ...
गर्भवती र सुत्केरीको घरमा निलो झण्डा

गर्भवती र सुत्केरीको घरमा निलो झण्डा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाको घर सहजै पहिचान होस् भनेर निलो भण्डा राख्ने कामको सुरु गरेको छ । पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नम्बर २ भित्रका गर्भवती र २ वर्षसम्मका सुत्केरी महिलाका ४५ घरधुरीमा निलो झण्डा राखिएको छ । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । उक्त झण्डामा गर्भवतीआमा, ६ महिना सम्मका स्तनपान गर्ने बच्चा, ६ महिना देखि २ बर्ष सम्मका बालबालिकाहरु देखिने लोगो छ । गर्भवती र २ वर्षसम्मका सुत्केरी महिला सुनौला हजार दिनका आमा हुन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार समुदायमा सरकारी तथा गैरसरकारी संस्थाहरुले पोषण तथा स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्दा सुनौला हजार दिने आमा र बच्चालाई प्राथमिकतामा परुन् भन्ने उदेश्यका साथ घर पहिचान कार्य सुरु गरिएको वडा नं २ स्थित धन...
विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
राजेश दिदिया/भक्तपुर सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कन्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको हो । विद्यालयका कक्षा ९ र १० का ४० विद्यार्थीहरूसँग संस्थाले कन्डम दिवसका अवसरमा यसको महत्वको विषयमा अन्तरक्रिया गरेको सुरुवातका अनुसन्धान संयोजक अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कन्डमको विषय आयो भने शिक्षक शिक्षिकाले पनि पठाउन हिचकिचाउने अवस्था अझ पनि छ अव पनि यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तनको वि...
स्वास्थ्यमन्त्रीको ठाडो निर्देशनमा बिरअस्पतालको औषधी पसल बन्द

स्वास्थ्यमन्त्रीको ठाडो निर्देशनमा बिरअस्पतालको औषधी पसल बन्द

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देसको राजधानी सबैको मुटुमा रहेको स्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको बिर अस्पताललाइ बदनाम गराउँन बिर अस्पताल अगाडी सञ्चालनमा रहेको औषधी पसलहरु लागी परेको तथ्य फेला परेको छ । बिहीबार स्वास्थ्य मन्त्रीको नेतृत्वमा र औषधि व्यवस्था विभागका महानिर्देशक सहीतको समुहले अनुगमन गर्दा उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र निति तथा योजना डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ समुहको निरीक्षण पछि कानून विपरित वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका महं...
हेलम्बुमा २ दिने स्वास्थ्य शिविर सम्पन्न

हेलम्बुमा २ दिने स्वास्थ्य शिविर सम्पन्न

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
हेलम्बु सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका –४ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाको आयोजना तथा कोरिया नेपाल मैत्री अस्पतालका डाक्टरहरुको प्राबिधिक सहयोग तथा डुनामिस चर्च हेलम्बुको समन्वयमा आइतबार र सोमबार भएको स्वास्थ्य शिविबाट ६ सय ४ जनाले सेवा लिएका छन् । उक्त शिवीरमा साधारण चेक जाँच, भिडियो एक्सरे सेवा, अक्कुपन्चर सेवा, दाँत निकाल्ने सफा गर्ने, सामान्य शल्यक्रिया, हर्निया हाइड्रोशिलको पहिचान र शल्यक्रियाको लागि नि शुल्क विमा र नि शुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बिदुर जोतिले जानकारी दिनुभयो । हर्निया, हाइड्रोसिल लगायत शल्यक्रिया गर्नु पर्ने १८ जनालाई बिमा बापतको प्रती ब्यक्ती रु ३५०० प्रदान गरिने जोतिले बताउनुभयो । हेलम्बुका ८ र मेलम्चीका १० जनालाई बिमा गरे पश्चात् उक्त रकम दिइने उहाँको भनाइ छ ।...
चौतारामा तिन दिने माटो परिक्षण शिविर सम्पन्न

चौतारामा तिन दिने माटो परिक्षण शिविर सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका मा तिन दिने माटो परिक्षण शिविर आइतबार सम्पन्न भएको छ । शिविरमा नगर भित्रका प्राय जग्गाहरु अम्लीएका पाइएको छ । मेलम्ची नगरपालिकाको प्रबिधीक सहयोगमा नगरपालिकाको १४वटै वडाको माटो परिक्षण गर्दा अत्याधिक रुपमा अम्ल्ीयको पाइएको हो । मेलम्ची नगरपालिकाका कृषी प्राबीधिक अम्बर नाथ आचार्य, हरीगोपाल श्रेष्ठ र चौतारासाँगाचोकगढी नगरपालिकाका कृषी प्राबिधीक रामहरी दहालको समुहले गरेको माटो परिक्षणमा यस्तो देखीएको हो । चौतारासाँगाचोकगढी नगरपालिकाको १४वटै वडाको ३३४ स्थानको माटो नमुना परिक्षणको लागी ल्याइएको प्रबीधिक रामहरी दाहालले जानकारी दिनु भयो । खाश गरी रासायनिक मलको प्रयोगमा ध्यान नदीदा बढी रासायनिक मल प्रयोग गर्दा यसरी माटो अम्लीने गरेको प्राबिधीक दाहालले जानकारी दिनु भयो । माटोमा भएका क्याल्सीयम, म्याग्नेसीयम,पोटासियम,सोडीयम,का कारण हाइड्रोजन बढेर माटो...

पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन : मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, २७ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताउनुभएको छ । आज नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “पैसाको अभावमा उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने छैन, पैसा नभएर पनि उपचार गराउने जिम्मा सरकारले लिने छ ।” नेपाली नागरिकको जीवन रक्षाका लागि आफू र मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार गर्न नपाउँदा गाउँमै थन्किएको छु भन्ने दिनको अन्त्य भएको मन्त्री बस्नेतको भनाइ थियो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सुरक्षाका लागि म र मेरो मन्त्रालय सधैँ अग्रसर छ, म दाबाका साथ भन्छु, पैसा नभएर उपचार रोकिदैन, पैसा नभएर उपचार नपाएका मेरो सम्...
पाल्चाेकमा  नेपालकै ठुलाे घण्ट, प्रकास भुजेल द्वारा शिलान्यास

पाल्चाेकमा नेपालकै ठुलाे घण्ट, प्रकास भुजेल द्वारा शिलान्यास

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चाेककाे पाल्चाेकमा नेपालकै ठुलाे घण्ट बन्ने भएकाे छ । आज शनिवार एक कार्यक्रमका बिच प्रकास मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलद्वारा ठुलाे घण्टकाे शिलान्यास गरिएकाे हाे । पाल्चाेकमा निर्माण हुने घण्ट ६ हजार किलाेकाे हुने जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जानकारी दियाे । हाल नेपालकै ठुलाे ५५५५ किलाेकाे घण्ट बागलुङमा रहेकाे छ । पाल्चाेकमा बन्ने घण्ट ६००० किलाेकाे रहने र २ बर्षमा बनाउने लक्ष्य लिएकाे जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जनाएकाे छ ।   ठुलाे घण्ट निर्माणकाे लागी प्रमुख अतिथि प्रकास भुजेलले २० लाख २० हजार दिएका छन । 'बाबाकाे तर्फबाट १० लाख, आमाकाे तर्फबाट १० लाख र मेराे तर्फबाट २० हजार सहयाेग गर्छु', उनले भने । आजै भुजेलले २ लाख २० हजार नगर र १८ लाखकाे चेक समितिलाई हस...
स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बनियानी (झापा), २६ माघ : झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचारअन्तर्गत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ सुरु भएको छ ।अस्पतालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’को उद्घाटन गर्नुभयो । वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन आफू लागिपरेको बताउनुभयो । दृष्टि पब्लिक प्राइभेट पार्टनरसीपअनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा करिब रु १६ करोडको लागतमा मेसिन खरिद गरी ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ स्थापना गरिएको अस्पतालका सचिव गणेश पोखरेलले जानकारी दिनुभयो । सन् २०२३ मा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत एक लाख ९७ हजार आठ सय ७२ र विभिन्न शिविरमार्फत ७९ हजार बिरामीको आँखा परीक्षण गरेको उहाँल...