सम्पर्क

अन्तर्वाता

गौराती मेलाबारे नगरप्रमुख संग युवाहरुको छलफल ,सम्पदा संरक्षण गुठीको अनुरोधमा सय तोला चाँदी तथा सुनको गहना आउँने

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा सँग भीमसेन युवा क्लवका पदाधिकारीहरुले भेट गरी गौराती भीमसेन जात्रा २०८१ सभ्य,भव्य एवं मनोरंजनात्मक रुपले सम्पन्न गर्न बिशेष छलफल गरेको छ । आइतबार नगर प्रमुख सँग भएको छलफलमा नगरमा रहेका सबै भाषा,संस्कृति ,जात्रा पर्ब,संरक्षित स्थानको बिकास र संरक्षणका लागी नगर पालिका बाट हुन सक्ने र आफुले गर्न सकीने हरेक कार्यहरुमा सहयोग गर्ने सापकोटाले बताउँनु भयो र उँहाले कुनै पनी मेला पर्ब हरु रिती रिवाज अनुसार शान्त पुर्ण र मनोरन्जनात्मक तरिकाले सम्पन्न गर्न हामी सबैको प्रमुख दाइत्व रहेको बताउँदै गौराती भिमसेन मेलाको ब्यवस्थापनमा पनी हामी सबै मिलेर गर्नु पर्छ भन्नु भयो । यसका लागी नगरपालिकाबाट हुन पर्ने र हुन सक्ने सहयोग निरन्तर रहने बतथाउँनु भयो । स्थानीय युवाहरुले मेलालाइ व्यवस्थापन मा मुख्य भुमिका खेल्न पर्ने भएकाले युवाहरुको भुमिाकामा पनी ...

बाह्रबिसे नगरपालिका जनप्रतिनिधिको क्षमता विकास तालिम सम्पन्न

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
बाह्रबिसे नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको टेवा नेपालको आर्थिक सहयोग तथा कमलको फुल महिला बहुउद्देश्यी सहकारी संस्था लिमिटेडको आयोजनमा मिति २०८१ कार्तिक २३ देखी ३ दिन सम्म संचालित तालिम कार्तिक २५ गते बाह्रबिसे नगरपालिका उप प्रमुख मञ्जु तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ्गले बाह्रबिसे नगरपालिकाले शिक्षामा १२ कक्षा सम्म निःशुल्क गरिएको र तालिम पश्चात जन प्रतिनिधिहरु एक भएर नगरपालिकामा समावेशी विकासमा जोड दिनुपर्ने बताउनुभयो । तामाङ्गका अनुसार तालिमले हामी जन प्रतिनिधिहरुलाई बजेट तर्जुमा, कानुन निर्माण लगायतको विषयमा समेत तालिमले सहज भएको बताउनुभयो । उँहाले आफ्नो आग्रहमा तालिमको व्यवस्था गरिदिएकोमा आयोजक र प्रशिक्षक ठाकुर राम चौलागाँइलाइ बिशेष धन्यबाद दिनु भयो । समापन समारोहलाइ सम्बोधन गर्दै वडा अत्तयक्षहरुको तर्फबाट नगर प्रबक्ता ...

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि

अन्तर्वाता, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
पाटन (ललितपुर), २१ कात्तिक : तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”, अध्यक्ष चित्रकारले बताउनुभयो । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो । मल्लकालीन राजा सिद्धिनरसिंहले ल...

विचारः बिपीको समाजवाद र आजको सान्दर्भिकता

अन्तर्वाता, राजनिती, विचार, समाचार
काठमाडौँ, २४ भदौ (रासस): नेपाली कांग्रेसको नीति स्थापनाकालदेखि नै समाजवादी राजनीतिक दर्शनबाट प्रेरित रह्यो । आर्थिक असमानताको अन्त्य, आर्थिक क्रान्ति तथा आत्मनिर्भरमुखी प्रगति, कृषिमा आधारित औद्योगिकीकरण र गरिबी उन्मूलन नेपाली कांग्रेसको अर्थतन्त्रको उद्देश्य हो । समाजवादबाट ओतप्रोत, सबै किसिमका दमन तथा शोषणबाट मुक्त नागरिकको उद्यम, सीप तथा रोजगारीमा आधारित र राज्यको संरक्षणात्मक वातावरण मातहत पूर्ण प्रतिस्पर्धामा सञ्चालित नियमित तथा अकुण्ठित बजारको भूमिका भएको अर्थतन्त्र नै नेपाली कांग्रेसको आर्थिक पक्षको ढाँचा हो । कृषि, जलस्रोत, पर्यटन र जडीबुटीको प्रचुर सम्भावना र समृद्धिका आधार हुन् भन्ने कांग्रेसको उम्याइ छ । आफैँसँग भएका जन, जल, जमिन, जङ्गल, जडीबुटी र सीपजस्ता आधाभूत साधन वा पदार्थबाट नेपालको दिगो विकासको गति अघि बढाइनुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । योजनाबद्ध विकास ग...

दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ भदौः कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो । बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । विषादीमुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उहाँले बताउनुभयो । कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उहाँले सुनाउनुभयो । “व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने छ, वडास्...

साना र नयाँ दल बढ्दो ‘थ्रेसहोल्ड’ को चक्रब्युमा पर्ने खतरा

अन्तर्वाता, जिबनशैली, राजनिती, विचार, विचित्र संसार
आरपी गैरे प्रमुख तीन दल–नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले लामो समय देखि आलोपालो सरकारको नेतृत्व गर्दै आएका छन तर पनि उनीहरुले दावी गरे अनुसार मुलुक अघि बढ्न सकेको छैन । नेपाली जनता लामो समयदेखि गरिबीको रेखामुनि छन् । गरिबीबाट उनीहरु आर्थिक रूपमा माथि उठ्न सकेका छैनन् । यसको मुख्य दोषी प्रमुख दलहरू नै हुन् । प्रमुख तीन दलले यसको जिम्मेवारी लिनुपर्छ । लामो समयदेखि शासनसत्ता चलाएर पनि उनीहरुले जनतालाई खुशि पार्न सकेनन् । राजनीति गर्ने नेताहरू इमानदारी हुनु पर्छ । राजनीतिमा इमान्दारीता भएन भने जनताले दुख्ख पाउँछन । हिजो जस्तो निष्ठा र त्यागको राजनीति आज छैन ।प्रमुख दलहरूको अदूरदर्शिताले देश बर्बाद भएको छ । एकले अर्काको खुट्टा तान्ने र राम्रो काम गर्न नदिने गलत संस्कारको बिकास भएको छ । मुलुक बनाउने कुरा राजनीति दलहरु र तिनका नेतलाई खासै चासो नभए जस्तो देखिएको छ । आफ्नो र आफ्ना मान्छेक...

विपद्को सामना गरिरहेका छौं : नगर प्रमुख तामाङ

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
दिपिन ढुगंना , मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले विपद्को क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभएको छ । मेलम्ची नगरपालिकामा उल्लेख्य मात्रामा विपद्का घटनाहरु भइरहेकाले केहि समस्या उत्पन्न भएपनि नगरपालिका आफ्नो जिम्मेवारीबाट टाढा नभएको दावि गर्नुभयो । नगर प्रमुख तामाङले बेलिब्रिज सम्पन्न भएको, अर्को पुल बनाउने प्रक्रिया अगाडी बढाईएको भएतापनि माथिल्लो निकायमा गएर अड्किएको जानकारी दिनुभयो । प्राविधिक ज्ञान तथा सिप बिनानै आवश्यकताका नाममा जथाभावी सडक खन्दा विपद्को धेरै सामना गर्नुपरेको कुरा प्रमुख तामाङले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरु एवम् संकटासन्न ब्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना तथा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत जलवायु परिवर्तन अनुकुलन तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी एक दिने गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले विपद्का क्षेत्रमा नगरपाल...

चौतारालाई नमुना वडा बनाउँछौंः वडा अध्यक्ष श्रेष्ठ

अन्तर्वाता
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष एवम सामाजिक व्यक्तित्व शिव श्रेष्ठ साविक चौतारा गा.वि.स हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ५ बाजे सोम बहादुर श्रेष्ठ, बुबा अमिर बहादुर श्रेष्ठ र आमा कृष्ण माया श्रेष्ठको कोखबाट २०३६ कार्तिक ११ गते जन्मनु भएका वडाध्यक्ष श्रेष्ठसँग लोकप्रिय समाचारले गरेको छोटो कुराकानी ः तपाईको परिचय पाउँ न ? मेरो नाम शिव श्रेष्ठ हो । म अहिले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को वडाअध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेको छु । २०५० सालदेखि सामाजिक गतिविधिमा आबद्ध रहनु भएको उहाँ पूर्व निर्माण व्यवसायी जिल्ला सचिव, जिल्ला खेलकुद विकास समिति जिल्ला फुटबल संघ सदस्य, टोल विकास समिति अध्यक्ष, चौतारा युवा बचत समूह अध्यक्ष, चौतारा नमूना गुठीको अध्यक्ष, खासा व्यापार निर्माण व्यवसाय, निर्माण व्यवसायी र यातायात व्यवसायी तथा विभिन्...

नवीन ढङ्गले विकास गतिविधि अघि बढाउने छुः वडाध्यक्ष नेपाल

अन्तर्वाता
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपाल सामाजिक व्यक्तित्व जसले सामाजको कामसँगै राजनिती, व्यापार र कृषि व्यवसायलाईसँगै लग्नु भएको छ । सावीक ठुलोसिरुवारी गाबिस ९ हाल वडा नं.१४ स्थायी बसोबास गरिरहनु भएको वडा अध्यक्ष उद्धव नेपालसँग गरिएको छोटो कुराकानी ः १. यहाँको परिचय दिनुहोस न ? मेरो नाम उद्धब नेपाल हो । म हाल चौतारा साँँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्षको जिम्मेवारीमा काम गरिरहेको छु । २. राजनीति पृष्ठभूमि बताईदिनुहोस न ? म २०४८ सालदेखि अनेरास्ववियुको ५ औमा आबद्ध रही पार्टीका विभिन्न कार्यहरूमा काम गर्दै आएको व्यक्ति हुँ । मैले २०५१÷ ०५४ को निर्वाचन होस् या द्वन्द्वकाल खण्डमा पनि आफ्ना पार्टी र ठाउँवाट अलिकति पनी विचलित नभई पार्टी सङ्कटको घडीमा समेत साथ दिँदै सङ्गठन विस्तारका लागी काम गरि आएको ब्यक्ती हुँ । म २०६७ साल देखि ...

विगतमा व्यवसायीहरुको माझमा बसेर गरेको काम नै जितको आधार होः बस्नेत

अन्तर्वाता
२०५५ सालबाट व्यवसाय क्षेत्रमा प्रबेश गर्नु भएका बुद्धराज बस्नेत २०६४ सालबाट सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर काम गर्नू भएको थियो । २०६७ सालको अधिवेशनबाट द्वितिय उपाध्यक्ष हुनु भएका बस्नेत हाल संघको सल्लाहकार समितिको सहसभापति समेत हुनुहुन्छ । यहि चैत ९ र १० गते बाह्रबिसेमा हुन लागेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औं अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी बुद्धराज बस्नेतसँग अधिबेशनको सेरोफेरोमा रहेर लोकप्रिय समाचारको लागी बिपना तामाङले गरेको कुराकानीको अशं ः तपाई अहिले के गर्दै हुनुहुन्छ ? म खाशगरी अहिले यहि चैत्र ९ गते र १० गते सिन्धुपाल्चोक उद्योग बाणीज्य संघको ११औ अधिबेशन हुँदै छ, त्यही अधिबेशनमा केन्द्रित छु । मैले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु आफुलाई बिजय गराउँनका लागी व्यवसायीहरुसँग अनुरोध गरिरहेको छु । तपाईको अध्यक्ष प...