सम्पर्क

जिबनशैली

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ११ असोजः नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो । देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताउनुभयो । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्...
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
देबराज सुबेदी   मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ । सदस्यहरूमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ निर्वाचित हुनुभएको ऋषि नेपालले जानकारी दिनुभयो । त्यस्तै, लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन हुनुभएको छ । कार्यक्रम कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले मेलम्ची ब्याडमिन्टन एकेडेमीको संस्थागत विकास, खेलाडी उत्पादन र खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्...
भोटेकोशीदेखि संयुक्त राष्ट्रसंघसम्म : प्रधानमन्त्री शाहले खोजेको हिमालय कूटनीतिक

भोटेकोशीदेखि संयुक्त राष्ट्रसंघसम्म : प्रधानमन्त्री शाहले खोजेको हिमालय कूटनीतिक

जिबनशैली, विचार, विचित्र संसार
रमेश कुमार बोहोरा यतिबेला अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा जारी ८१औँ महासभाको चर्चा छ । विश्वका १९३ सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिको सहभागिता रहेको यो विश्व सम्मेलनमा कतिपय मुलुकका आआफ्ना स्वार्थ, अहंकार प्रदर्शन भए पनि कतिपय मुलुकले विश्व व्यवस्थाको कुरा गरे । यसरी विश्व व्यवस्थाको कुरा साझा गर्ने सरकार प्रमुखमा पर्नुभयो प्रधानमन्त्री बालेन्द्र शाह । भोटेकोशी बाढीको पीडा र त्रास बोकेर न्यूयोर्क पुग्नुभएका उहाँले नेपालको आवाज उठाउँदा त्यसको केन्द्रमा केवल नेपालको पीडा मात्र थिएन, हिमालयको भविष्य र त्यससँग जोडिएको सिंगो मानव सभ्यतामाथि मडारिएको संकट पनि एकसाथ व्यक्त भएको थियो । सम्बोधनको अधिकांश समय जलवायु परिवर्तन र विश्व व्यवस्थामा देखापरेका स्वार्थपनका बारेमा चर्चा गर्नुभएका प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विनाशक...
सिन्धु– कांग्रेस २ ःको सभापतिका लागि चारजनाको प्रतिष्पर्धा तामाङ महधिबेशन प्रतिनिधीमा जाने

सिन्धु– कांग्रेस २ ःको सभापतिका लागि चारजनाको प्रतिष्पर्धा तामाङ महधिबेशन प्रतिनिधीमा जाने

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन नजिकिएसँगै सिन्धुपाल्चोक २ मा सभापतिका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । यो क्षेत्रमा हालसम्म क्षेत्रीय सभापतिका लागि चार जनाले उम्मेदवारी घोषणा गरेको पाइएको छ ।       अहीले सम्म पुर्ब मन्त्री तथा बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ समाज सेवी भुपेन्द्र थापाले हामीलाइ मोखिक जानकारी सहीत सामाजीक सञ्जाल माफर्लत जानकारी दिइ सक्नु भएको छ । आकांक्षीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो हामीले मोखिक जानकारी तथा सामाजीक सञ्जालबाट जानकारी पाए अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति पदका लागि पूर्व प्रदेश मन्त्री कृष्ण कुमार तामाङ नेपाल भूतपूर्व सैनिक संघका केन्द...
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ असोजः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ती जारी गरी चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्देशन जारी गर्नुभएको हो । महासङ्घले देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन सो निर्देशन दिएको हो । महासङ्घले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ । महासचिव गौतमले चाडपर्वका समयमा सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनुका साथै टिकट बिक्री...
साँझ ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अरनिको राजमार्ग बन्द

साँझ ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अरनिको राजमार्ग बन्द

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला लगाएत देसका बिभिन्न क्षेत्रमा आज बिहानै देखी वर्षा भइरहेको छ । यसै सन्धर्भमा जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले पनी जिल्लाका विभिन्न स्थानहरूमा आज दिनभरदेखि निरन्तर वर्षा भइरहेको जनाउँदै सबैमा सतर्कता अपनाउँन अन्ुरोध गरेको छ । हाल पनि वर्षा जारी रहेको छ। यसका कारण नदी आसपासका क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरोको जोखिम हुन सक्ने भएकाले सम्पूर्ण जिल्लावासीमा उच्च सतर्कता अपनाउन जिल्ल प्रशासन कार्यलय सिन्धुपाल्चोकले अन्ुरोध गरेको छ । यसका साथै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले अरनिको राजमार्गमा आज साँझ ८ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ।उक्त व्यवस्था आगामी असोज १२ गतेसम्म लागू हुने भएकाले राजमार्ग हुँदै यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी चालकहरूले सोहीअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न अनुरोध गर...
अपाङ्गता भएका व्यक्तिको पहुँच र समावेशीकरणमा टुकी संघको परियोजना, १ करोड ५७ लाख बढी खर्च

अपाङ्गता भएका व्यक्तिको पहुँच र समावेशीकरणमा टुकी संघको परियोजना, १ करोड ५७ लाख बढी खर्च

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
 अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, अधिकार र समावेशीकरण अभिवृद्धि गर्ने उद्देश्यले मेलम्ची नगरपालिकामा सञ्चालित चारवर्षे परियोजनाको प्रगति तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको छ । ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा टुकी संघ सुनकोशीले सञ्चालन गर्दै आएको ‘अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि परियोजना’ अन्तर्गत स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा हालसम्म भएका कामको प्रगति समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमबारे छलफल गरिएको हो । चार वर्षका लागि सञ्चालनमा रहेको परियोजनाको कुल बजेट २ करोड ४ लाख ३ हजार ९ सय ४ रुपैयाँ रहेकोमा हालसम्म १ करोड ५७ लाख २१ हजार ८ सय १४ रुपैयाँ खर्च भएको जानकारी बैठकमा दिइएको थियो । परियोजनाअन्तर्गत मेलम्ची नगर अस्पतालमा फिजियोथेरापी तथा शारीरिक पुनर्स्थापना सेवा, आर्थिक तथा वित्तीय समावेशीकरण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् उत्थानशीलता अभिवृद्धि, सामाजिक सुर...
जन्मत्सोवपार्कमा बिरुवा गोड्दै बज्रयोगिनीको साधरण सभा सम्पन्न

जन्मत्सोवपार्कमा बिरुवा गोड्दै बज्रयोगिनीको साधरण सभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासँँगाचोकगढीमा रहेको घमानेडाँडा स्थित थानबारेगढी जन्मत्सोव पार्कमा रोपीएको बिरुवाहरु गोड्रदै बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाको १४ साधरण सभा सम्पन्न भएको छ । चौतारासाँगाचोकगढी वडा नं १४को सामुदायक भवनमा साधरण सभाको समुदघाटन भएको थियो ।   १४ नंवडाका वडा अध्यक्ष तथा नगर लेखा समितीका संयोजक उद्धव नेपालले साधरण सभाको उद्धघाटन गर्दे नगरपालिकामा अपागंता क्षेत्रमा रहेको एकमात्र सहकारी सस्था बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाले हाल सम्म गरेका कामहरुको प्रशंसा गर्देै सिन्धुपाल्चोकमा कृषी क्षेत्रमा सहजीकरण गर्नका लागी नेत्रज्योती कृषीसहकारी सस्था सँग सहकार्य गरी पहीलो पटक खेत जोत्ने टेक्टर ल्याइएको र कृषकलाइ सहयोग गरेको बताउँनु भयो । उँहाले अपागंता क्षेत्रमा काम गर्ने नगरमा रहेको एक मात्र सस्था बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाले नगरका सबै क्षेत्रमा गइ सुबिधा दि...
सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्व्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको उप प्रमुख सिता थापाले हरेक बिकासका कामहरुमा गुणस्तरिय हुन पर्छ गुणस्तर हिन काम गर्ने जो केही भए पनी कार्बहीको भागी हुन पर्छ भन्नु भएको छ । उँहाले चौतारा साँगाचोकगढी–४ चागुलेटोल–बासपाटी–सिम्ले–ठुलाखेत आफर कृषि सडक निर्माणको गुणस्तर र प्रभावकारिताबारे स्थानीयबाट गुनासो बढेपछि उप–प्रमुख सीता थापाको नेतृत्वमा नगरपालिकाको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गर्ने क्रममा यस्तो बताउँनुएको हो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राविधिक शाखा प्रमुख बिकास श्रेष्ठ योजना प्रमुख दुर्गा ढुगेंल लगाएतका सहभागी टोलीले निर्माण कार्यको अवस्था र प्रगतिको जानकारी लिएको हो। कुल ३ करोड रुपैयाँ लागत रहेको योजनामध्ये १ करोड ९२ लाख रुपैयाँमा गौतम प्रभात जेभीसँग ठेक्का सम्झौता भएको छ। स्थानीयको माग र योजनाको आवश्यकताअनुसार ठेक्का अवध...
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

जिबनशैली, विचार, विचित्र संसार
रमेश कुमार बोहोरा काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन, प्रशासनिक प्राथमिकता वा खर्च कटौतीको सामान्य निर्णय हुन सक्छ । तर छापा माध्यमका लागि यो कुनै एउटा बजेट शीर्षक घटाइएको विषय मात्र होइन । यो हजारौँ पत्रकार तथा श्रमजीवी पत्रकारको रोजगारी, स्वरोजगारमा आधारित साना तथा मझौला प्रकाशनको अस्तित्व, नागरिकसम्म सार्वजनिक सूचना पुर्‍याउने राज्यको प्रणाली र अन्ततः लोकतान्त्रिक सञ्चार बहुलतासँग जोडिएको गम्भीर प्रश्न हो । सबैभन्दा महत्वपूर्ण कुरा, सरकारले बुझ्नैपर्ने तथ्य हो । लोककल्याणकारी विज्ञापन कुनै सरकार, मन्त्री वा राजनीतिक दलले पत्रकारलाई दिएको कृपा होइन । यो सात दशक लामो सार्वजनिक सूचना प्रवाहको एउटा स्थापित प्रणाली हो । यसको प्रारम्भिक आधार वि.सं. २...