सिन्धु काग्रेसको क्षेत्रीय अधिबेशन १०को सट्टा १२ र १३गते
नेपाली काग्रेस सिन्धुपाल्चोक जिल्लाको दुबै क्षेत्रको अधिबेशनको मिती सरेको छ।भरी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत सिन्धुपाल्चोक जिल्लामा शनिबारका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएकोहो ।
पार्टी अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत दिलिप कुमार अधिकारीले एक सूचना जारी गर्दै मौसम पुर्वानुमान महाशाखाद्वारा जारी सूचना एवम् नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्ती समेतको आधारमा पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा क्षेत्रीय अधिबेशन असोज १२ र १३गते गरिने जानकारी दिनुभयो ।वर्षाको सम्भावनालाई दृष्टिगत गरी पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशका निर्वाचन कार्यक्रम परिबर्तन गरि १२गते उद्धघाटन र १३ गते मतदान गर्ने भनी दुबै ...









