सम्पर्क

समाचार

सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस गगन थापा नेतृत्वमारहेको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ र २को दुबै अधिबेशन स्थगित भएको छ भने शेर बहादुर देउवा पक्षधरहरुको दुबै क्षेत्रीय कार्यलय खुलेको छ । क्षेत्र नं १को बाह्रबिसेमा र २को मेलम्चीमा भइरहेको थापा पक्षको अधिबेशन स्थगित भएको हो भने देउवा पक्षको क्षेत्र नं १को सम्पर्क कार्यलय दखाडीचौउरमा र र क्षेत्र नं २को सम्पर्क कार्यलय मेलम्ची बजारमा खुलेको छ । थापा पक्षधरको वडा अधिबेशन सम्पन्न भइ क्षेत्रीय अधिबेशन को बिचमा अधिबेशन स्थगित गर्न परेको थियो । स्थगित गर्न पर्ने मुख्य कारण भने निर्बाचन समितीको लापार्बहीका कारण भएको प्रतिनिधीहरुको भनाइ रहेको छ । क्षेत्र नं१का उम्मेदवार को नाम छुटाएर मत पत्र तैयार गरी बितरण गरिएको र २नं क्षेत्रमा भने मतदान अधिकृतको हस्ताक्षर बिना मत पत्र बितरण गरिएको थियो । क्षेत्र न २मा भने थापा पक्षले आफु अनुकुल नभएकाहरुको सक्रिय सदस्यता नदीएको...
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

जिबनशैली, विचित्र संसार, समाचार
देबराज सुबेदी      चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले छुट्टै विषेशता बोकेको सहकारी रहेको बताउदै संस्थालाई अगाडी बढाउन सहकारीको सिद्धान्त अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सहकारी मार्फत जनचेतनाको कार्यलाई पनि अगाडी बढाउन सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले मातृशिशु सम्बन्धि चेतना फल्याउन पनि सहकारीको भुमिका महत्त्वपूर्ण रहेको सापकोटाले बताउनुभयो । १ करोड २ लाख सेयर पुजि , ७४१ सदस्य रहेको सहकारीको आगामि बर्ष ७६५ सदस्य पुर्याउने लक्ष्य लिएको बताइएको छ । प्रगती प्रतिवेदन सहकारीका सह- सचिव विमला सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अप्सरा भुजेलले आर...
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ११ असोजः नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो । देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताउनुभयो । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्...
नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार

नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार

ब्रेकिङ न्युज १, राजनिती, समाचार
कुमार बस्नेत खाडीचौर   नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति, सिन्धुपाल्चोकको कार्यसमिति विस्तार गरिएको छ। लाल काजी तामाङको संयोजकत्वमा बिस्तारित कार्य समिती र पालिका संयोजकहरुले आगामी असोज १५गते वडा अधिबेशन गर्दै १५औ महाधिबेशन गर्न लागेको हो । सिन्धुपाल्चोक लगाएत देसै भरी काग्रेसले छुटाछुटै अधिबेशन गरिरहेको छ महाधिबेशन तैयारी समिती सिन्धुपाल्चोकमा लालकाजी तामाङ जिल्ला संयोजक बिदुर प्रसाद घोरासैनि जिल्ला सह संयोजक निराजन चौलागाईं जिल्ला सचिव जिबन राउत जिल्ला सचिव दिनेश गिरि राकेश जिल्ल्ला सह सचिव प्रकाश बस्नेत काजि क्षेत्र न २ संयोजक अनिल सापकोटा क्षेत्र नं२, प्रदेश ख सचिव राजकुमार रायमाझि क्षेत्रीय नं२, सचिवराम शरण गिरि क्षेत्र न २ प्रदेश ख संयोजक दानोर्बु शेर्पा क्षेत्र न १ क प्रदेश संयोजक समिर तामाङ क्षेत्र नं१, प्रदेश ख संयोजक यसै गरी गाउँपालिका संयोजकहरुमा कृष्ण बहादुर तामाङ इद...
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
देबराज सुबेदी   मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ । सदस्यहरूमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ निर्वाचित हुनुभएको ऋषि नेपालले जानकारी दिनुभयो । त्यस्तै, लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन हुनुभएको छ । कार्यक्रम कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले मेलम्ची ब्याडमिन्टन एकेडेमीको संस्थागत विकास, खेलाडी उत्पादन र खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्...
सिन्धु– कांग्रेस २ ःको सभापतिका लागि चारजनाको प्रतिष्पर्धा तामाङ महधिबेशन प्रतिनिधीमा जाने

सिन्धु– कांग्रेस २ ःको सभापतिका लागि चारजनाको प्रतिष्पर्धा तामाङ महधिबेशन प्रतिनिधीमा जाने

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन नजिकिएसँगै सिन्धुपाल्चोक २ मा सभापतिका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । यो क्षेत्रमा हालसम्म क्षेत्रीय सभापतिका लागि चार जनाले उम्मेदवारी घोषणा गरेको पाइएको छ ।       अहीले सम्म पुर्ब मन्त्री तथा बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ समाज सेवी भुपेन्द्र थापाले हामीलाइ मोखिक जानकारी सहीत सामाजीक सञ्जाल माफर्लत जानकारी दिइ सक्नु भएको छ । आकांक्षीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो हामीले मोखिक जानकारी तथा सामाजीक सञ्जालबाट जानकारी पाए अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति पदका लागि पूर्व प्रदेश मन्त्री कृष्ण कुमार तामाङ नेपाल भूतपूर्व सैनिक संघका केन्द...
सिन्धु काग्रेसको क्षेत्रीय अधिबेशन १०को सट्टा १२ र १३गते

सिन्धु काग्रेसको क्षेत्रीय अधिबेशन १०को सट्टा १२ र १३गते

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली काग्रेस सिन्धुपाल्चोक जिल्लाको दुबै क्षेत्रको अधिबेशनको मिती सरेको छ।भरी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत सिन्धुपाल्चोक जिल्लामा शनिबारका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएकोहो । पार्टी अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत दिलिप कुमार अधिकारीले एक सूचना जारी गर्दै मौसम पुर्वानुमान महाशाखाद्वारा जारी सूचना एवम् नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्ती समेतको आधारमा पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा क्षेत्रीय अधिबेशन असोज १२ र १३गते गरिने जानकारी दिनुभयो ।वर्षाको सम्भावनालाई दृष्टिगत गरी पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशका निर्वाचन कार्यक्रम परिबर्तन गरि १२गते उद्धघाटन र १३ गते मतदान गर्ने भनी दुबै ...
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ असोजः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ती जारी गरी चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्देशन जारी गर्नुभएको हो । महासङ्घले देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन सो निर्देशन दिएको हो । महासङ्घले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ । महासचिव गौतमले चाडपर्वका समयमा सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनुका साथै टिकट बिक्री...
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ९ असोजः मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताउनुभएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको जानकारी दिनुभएको छ । उहाँले पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको बताउनुभयो । पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढी तथा पहिरोको जोखिम बढेको उहाँको भनाइ छ । “हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै ज...
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

ब्रेकिङ न्युज २, समाचार
अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक सडकखण्डलाई बन्द गराइएको छ ।  जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो । कार्यालयको बैठकको निर्णयअनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।  वर्षा तथा बाढी, पहिरोको अवस्था मूल्याङ्कन गरी दिउँसोसमेत सव...