सम्पर्क

मनोरन्जन

झ्याडी एकिकृत नमुना बस्तीका श्वेता खड्का काँग्रेसमा प्रवेश

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका १४मा रहेको सिमान्तकृत माझी बस्तीलाइ एकीकृत नमुना बस्तीको रुपमा बिकास गर्न लागी पर्नु भएको श्वेता खड्का नेपाली काँग्रेस प्रबेस गर्नु भएको छ । उँहाँ सँगै कलाकार भुवन केसी लगाएत काँग्रेस प्रबेस गर्नु भएको हो । पछिल्ला दिनहरुमा कलाकारहकरुमा राजनीति मोह बढेको देखिएको छ। इस अघी अभिनेत्री रेखा थापा माओवादी हुँदै राप्राप्रामा सक्रिय राजनीति गरिरहनु भएको छ । त्यसै गरी करिश्मा मानन्धर नयाँ शक्ति हुँदै यतिबेला एमालेमा प्रवेश गर्नु भएको छ भन अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गर्नु भएको हो ।...

१२ औं छायाँछवि डी सिने अवार्ड कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
डी.सी.ने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेको छ । प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल हुनुभयो । यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहिँ फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अव...

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

मनोरन्जन, समाचार
“नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना”गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिनुभयो । शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले प...

ने कपा एमाले राष्ट प्रती जिम्मेवार पुर्ब मन्त्री दावा तामाङ्ग

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
ने कपा एमाले राष्ट प्रती जिम्मेवार हुँदै राष्टको नागरिकको समस्या समधान गर्ने श्रम जिबकिो पाटी भएको र यस पाटीले स्थानयि कृषक तथा स्थानीय नागरिकको समस्या समधानका लागी लागी काम गर्ने पाटी भएको नेकपा एमालेका केन्द्रीय सदस्यपुर्ब मन्त्री दावा तामाङ्गले बताउँनु भएको छ । उँहाले नेकपा एमाले चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४डडुवामा आयोजित कार्यकर्ता भेलामा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले जेष्ठ नागरिक भत्ताको ब्यबस्था गरेको आफ्नो गाँउ आफै बनाउ जस्ता लोकप्रिय कामगरेकै कारण जनतामा लोकप्रिय बनेको बताउँदै आगामी दिनमा नेकपा एमाले एक्लैेले बहुमतको सरकार चलाएर देश र जनताको समस्या समधान गर्ने त्यसका लागी आम नागरिकले एमालेको सुर्य चिन्हमा मतदान गर्न पर्ने बताउँनु भयो । कार्यक्रमको अर्का अतिथी नेकपा एमालेका प्रदेस कमिटी सदस्य बादल तामाङ्गले निषेधको राजनितीगर्न नहुने भन्द...

प्रवेशको म्यूजिक भिडियो ‘अचार तिलैको‘ सार्वजनिक

मनोरन्जन
गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म यूट्युबको ‘थगलाइफ नेपाल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । ‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रे स्थित तीन पिप्लेमा छायाँकन गरिएको हो । म्यूजिक भिडियोमा सुमन बजगाईं र अञ्जना दुवाडीको साथमा सीताराम दाहालको समेत अभिनय रहेको छ । शर्मा जी प्यूठानको निर्देशन रहेको म्यूजिक भिडियोको गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । सो म्यूजिक भिडियोको छाँयाकन तथा सम्पादन गौरव भण्डारीले गर्नुभएको हो । गायिका प्रधानले यसअघि ५० भन्दाबढि गीतमा आवाज दिइ सकेकी छन् भने गायक खतिवडाको यो पहिलो गीत हो । सार्वजनिक भएको अचार तिलैकोबाट खतिवडा बढि आशावादी हुनुहुन्छ । https://www.youtube.com/watch?v=RN26bNNn-P8&authuser=0...

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

#, ब्रेकिङ न्युज १, मनोरन्जन
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मनुभएका लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । उहाँले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएको थियो । उहाँका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।  ...

जयनन्द लामाको ४० वर्षअघि संकलन गरेको गीत बल्ल बजारमा (भिडियोसहित)

मनोरन्जन
ख्यातिप्राप्त लोकगायक जयनन्द लामाले ४० वर्षअघि संकलन गरेको मौलिक लोकगीत गाएर सार्वजनिक गर्नुभएको छ । पाँच दशकदेखि लोक र लोकदोहोरी गीत गाउँदै आउनुभएका लामाले दुई दशक लामो अन्तरालपछि महाभारत लेकको जंगलमा याला बोलको लोकगीत हालै आफ्नै युट्यबमार्फत सार्वजनिक गर्नुभएको हो ।पछिल्लो समय विभिन्न फिल्ममा अभिनय गरी सो क्षेत्रबाट समेत लोकप्रियता कमाउँदै आउनुभएका गायक लामाकै शब्द र संगीत रहेको लोक गीत उहाँका साथमा दीपा लामाले गाउनुभएको छ । जयनन्द र दीपालाई समूह गायनमा यो गीतमा बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले साथ दिनुभएको छ । सार्वजनिक लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ । ‘यो मैले ३०÷४० वर्षअघि नै संकलन गरेको गीत हुँ, जो पहाडी र हिमाली श्रृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पुरानो र मौलिक परम्परागत गीत हो’ गीतका बारेमा जान...

तिर्थमान पाख्रिनको निर्देशनमा , ‘छामेला म्हाङ’ बजारमा आउँदै

ब्रेकिङ न्युज २, मनोरन्जन
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ९ मा जन्मनुभएका गायक एंव संगीतकार तिर्थमान पाख्रिनको ‘छामेला म्हाङ’ बोलको सेलो दोहोरी गीतको म्युजिक भिडियो बजारमा आउँदैछ । यही पौषको २४ गते शनिवारबाट भिडियो बजारमा ल्याउने तयारी रहेको उहाँले बताउनुभयो । गायक एंव संगीतकार तिर्थमान पाख्रिनकै शब्द,संगीत स्वरमा रहेको गीतलाई उहाँलेनै कथा र निर्देशन पनि सम्हाल्नुभएको छ । म्युजिक भिडियोमा उहााले पहिलोपटक निर्देशनको काम शुरुवात गर्नुभएको हो । जोगलाल लामाले संगीत संयोजन, सानुबाबु घिसिङले रेकर्डिङ र दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन । भिडियोमा रोशनी लामा, सुनिता रुम्बा, सुस्मिता लोप्चन, मुना लामा, राजु लामा, बिमल लामा,राजकुमार तामाङ, बिजय पाख्रिन र अजम्बरी लोप्चनको अभिनय रहेको छ । उक्त गीतको म्युजिक भिडियो डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याउने टिम...

टेलिसिरियल ‘इकुपिताङ ’मा ब्यस्त टुपि एन्टिना

मनोरन्जन
‘टुपि एन्टिना’ नामबाट प्रख्यात कलाकार तथा निर्देशक घनश्याम तिमल्सिना यतिबेला टेलिसिरियल बनाउन ब्यस्त रहनुभएको छ । उहाँ पछिल्लो समय नयाँ टेलिसिरियल ‘इकुपिताङ ’ मा ब्यस्त देखिनुहुन्छ । उहाँले त्यहाँ पिएको भुमिका निभाउनुभएको छ । डेभिड सिलवालको सम्पादनमा बनेको उक्त सिरियलमा उनका २० वर्षदेखिका पुराना साथी सोलेमान शंकर (इंकु) पनि सँगै देखिनुभएको छ । उहाँले आफ्नो २० वर्ष पुरानो साथीसँग पर्दामासँगै देखिन पाएकोमा गर्भ महसुस गरेको पनि बताउनुभयो । सर्ट मुभिका टप निर्देशक समेत रहेका घनश्याम ‘छोरी’ टेलिसिरियलको लेखक निर्देशक समेत रहनुभएको छ । ‘छोरी’ सिरियलमा नेपाली समाजमा रहेको महिला हिंसा र दुब्र्यवहारबारे देखाइएको छ । उक्त सिरियल महिला हिंसा विरुद्धको चेतनामुलक सन्देशका लागि बनाइएको घनश्याम बताउनुहुन्छ । उहाँले कोरोनाको समयमा पनि नेपाली चलचित्र ‘बदला रिर्टनस’ बनाउनुभएको हो । उहाँले अझै चलचित्र...