सम्पर्क

बलेफीको जालबारीमा स्वास्थ्य केन्द्र उद्धघाटन

नेत्र बहादुर बस्नेत

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ को जालबारीमा बनेको आधारभुत स्वास्थ्य केन्द्रको मँगलबार एक भब्य कार्यक्रम गरी उद्धघाटन गरिएको छ ।
बृहत जनसहभागितामा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी केदार क्षेत्रिले रिवन काटेर स्वास्थ्य केन्द्र उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष क्षेत्रीले जुनसुकै बस्तुलाइ पनी पहिले स्वास्थ्य रहेर शिक्षा हासिल गरे पछी मात्र अन्य आबश्यकता पुरा गर्नका लागी अगाडी बढ्नु पर्ने बताउँनुभयो । उँहाले स्तरीय शिक्षाका लागी सवैभन्दा पहिले स्वस्थ रहनुपर्ने बताउँदै स्तरिय शिक्षा बिना कुनै पनि समस्या समाधान नहुने बताउँनुभयो । उँहाले राम्रो शिक्षा दिन सक्यो भने राम्रा काममा लाग्न सकिने र नराम्रा शिक्षा दिदा नराम्रा काममा लाग्ने हुँदा गुणस्तरिय शिक्षा नै आजको आबश्यकता भएको बताउँनुभयो । पुर्बधार बिकासमा बेलेफी गाँउपालीका अन्य पालिकाभन्दा अगाडी रहेको बताउँदै नागरिकको चाहना अनुसार काम गर्न सकेमात्र जनप्रतिनिधी भएको मानिने बताउँनुभयो । बिद्यालय दिवा खाजाको बिषयमा आफ्नो बलेफी गाँउपालिकामा दिवा खाजा खुवाइएको भए पनी छिमेकी सुनकोशी गाँउपालीकाले दिवा खाज नदीएको बताउँनुभयो । मानब जिबनको महत्वपुर्ण काम भनेको स्वास्थ्य हो मानीस स्वास्थ्य रह्यो भने अरु काम गर्न सक्छन्, अन्य कामको लागी स्वास्थ्य नै महत्वपुर्ण भएको समेत क्षेत्रीले बताउँदै तत्काल एम्बुलेन्सको समेत ब्यस्था गर्ने बताउनुभयो । सरकारबाट प्रदान गरिने निशुल्क औषधीहरु गाँउपालीकाले खरिद गरेर भए पनी दिएको अध्यक्ष क्षेत्रीले बताउँनुभयो ।
६ नं वडाका वडाअध्यक्ष चित्र बहादुर तामाङ्गको सभापतित्वमा सम्पन्न भयकोे कार्यक्रममा स्वास्थ्य केन्द्र सञ्चालनका लागि कर्मचारि ब्यबस्थापनका लागि सहयोग गर्नु हुने कृष्ण बहादुर क्षेत्रिले स्वस्थ्य केन्द्र सञ्चालनका लागि सबैको सहयोग रहेको बताउनुभयो । त्यसैगरी प्रसुतिको लागी नेत्र बहादुर क्षेत्रिले आफुले सकको सकेको सहयोग गर्न पाएकोमा खुशि लागेको बताउँनुभयो । प्रशुती सेवाका लागी नेत्र बहादुर क्षेत्रीले रु तिन लाखको अक्षय कोष खडा गर्नु भएको छ भने त्यही कोषमा नेपाली काँग्रेसका झनक तिमल्सीना लगाएतका नागरिकहरुले रकम थप गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा आफनो भनाइ राख्दै बलेफी गाँउपालीकाका स्वास्थ्य सँयोजक सुवेश शाहले सरकारद्धारा स्थानीय नागरिकको स्वास्थ्य प्रती दिइरहेको सुबिधाहरुको बारेमा जानकारी दिनुभएको थियो । त्यसै गरि जग्गादाताहरुको तर्फबाट यज्ञ प्रसाद चौलागाई लगायतले मन्तब्य राख्नुभएको थियो । वडा नं ६ को जालवारीमा स्थापना भएको जालवारी स्वास्थ्य इकाईलाइ आधारभुत स्वास्थ्य चौकी को स्वीकृती लिएर स्वास्थ्य चौकी भएको हो । उक्त कार्यक्रमको सञ्चालन सुकलाल तामाङ्गले गर्नु भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष चित्र बहादुर तामाङ्गले स्थाई रुपमा सेवा दिनका लागी स्वास्थ्य कार्यलयहरु तयार रहेको र त्यसका लागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताउँनुभयो ।