सम्पर्क

सिन्धुपाल्चोक समाजको सातौ बार्षिकोत्सव यहि २१ तारिखमा

विशाल श्रेष्ठ

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको सातौ वार्षिकोत्सव तथा साधारण सभा नोभेम्बर २१ तारिख आइतबार प्रत्यक्ष उपस्थित र जुम अनलाइनमार्फत हुँने भएको छ ।
’आपसि सहयोग , सद्भाव र सदाचार सिन्धुपाल्चोकवासी मिलनको आधार’ नारा लिएर सात वर्ष अघि कोरियामा रहेका सिन्धुपाल्चोकबासीद्वारा स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ।समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै आएको छ । त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।
सातौ बार्षिकोत्सव को लागि सस्थागत गतिविधि पूरा भइसकेको सिन्धुपाल्चोक समाजका सचिव उत्सव खड्काले जानकारी दिनुभयो । साथै सँस्थालाई बिभिन्न कालखण्डमा साथ अनि सहयोग गर्दै आउनुभएका सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरिने भएको छ ।
विभिन्न पेसामा आवद्ध सिन्धुपाल्चोकबासी, कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि समाजका नबिन श्रेष्ठले अनुरोध गर्नुभएको छ ।