सम्पर्क

सुनचाँदीको गरहना बनाउने तालिम चौतारामा

सिन्धुपाल्चोकको चौतारामा सुनचाँदीको गरहना बनाउने १० दिने तालिम सुरु भएको छ ।
सिन्धुपाल्चोक सुनचाँदी ब्यवसायी सँघको आयोजनामा भएको तालिको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिँ तामाङले गर्नुभएको छ । दलित समन्वय समितिको समन्वय र चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा भएको तालिमको सहजिकरण भने रामप्रसाद सुनारले गरिरहनुभएको छ । उद्घाटन कार्यक्रममा सुनचाँदी ब्यवसायी सँघको केन्द्रीय सदस्य रविन शाक्य, चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठ, कार्यपालिका सदस्यहरु गणेश विक, सागर परियार, रोजिना घतानी, उद्योग बाणीज्य सँघ कृषी उद्यम सँघका केन्द्रीय सदस्य श्यामकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
सुनचाँदी ब्यवसायी सँघ सिन्धुपाल्चोकका अध्यक्ष सुब्बा सुनारका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका भित्रका १० जना सहभागी हुने तालिममा पुराना प्रवीधिका गरगहना बनाईरहेकाहरुलाई नयाँ प्रविधिका आधुनिक गरगहना बनाउन सिकाईने छ । विशेषगरी तालिममा तिलहरी बनाउन सिकाईने उहाँले बताउनुभयो ।