सम्पर्क

साहित्यकार जीवन श्रेष्ठलाई व्यथित प्रतिभा सम्मान

नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष एवम् साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु प्रतिभा सम्मान २०७८ द्वारा सम्मानित गरिएको छ ।
शनिबार काठमाडौंको साहित्य सदन नेपालको सभाहलमा साहित्यकार केदारमान व्यथितको स्मृतिमा आयोजिते कार्यक्रममा श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो । साहित्य सदन नेपाल र व्यथित–सिन्धु प्रतिभा सम्मान कोषद्वारा आयोजित सम्मान अर्पण कार्यक्रममा श्रेष्ठ सहित नरेन्द्रराज पौडेल समेत सम्मानित हुनुभएको हो । व्यथित–सिन्धु प्रतिभा सम्मान कोषले वर्षेनी श्रष्टालाई सम्मान गर्दै आएको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष समेत रहनुभएका श्रेष्ठ सिन्धुपाल्चोक जिल्लामा रहेर लामो समयदेखि साहित्य सिर्जना र पत्रकारितामा हुनुहुन्छ । श्रेष्ठलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको कोषका अध्यक्ष कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।