सम्पर्क

भोटेकोशीमा सरसफाई कार्यक्रम

अनेरास्ववियु क्रान्तीकारी भोटेकोशी गाउँपालिका कमिटीको आयोजनामा भोटेकोशी गाउँपालिकामा सरसफाई अभियान सुरु गरिएको छ ।
सफा, स्वच्छ र सुरक्षित भोटेकोशी अभियान अन्तर्गत सरसफाई अभियान वडा नं. १ देखी ५ नम्बर वडासम्म सम्म हुने बताईएको छ । सरफाई कार्यक्रमको समन्वय भने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले गर्नुभएको छ । उक्त अवसरमा सरसफाई कार्यक्रममा सहभागी हुँदै देश विकासका लागि स्वस्थ्य नागरिक अनिवार्य शर्त भएको भन्दै अध्यक्ष पौडेलले अभियान सफलताको कामना गर्नुभयो ।