सम्पर्क

पूर्वमन्त्री दुलालद्धारा ईन्द्रावती गाउँपालिकामा खेल मैदानको उद्घाटन

बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा बनेको मिलनचोक म्हे–म्हे खेल मैदानको उद्घाटन गर्नुभएको छ ।
सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य दुलालले यसअघि आफू सामाजिक विकास मन्त्री हुँदा खेल मैदानका लागि बजेट विनियोजन गर्नुभएको थियो । प्रदेश सरकारबाट पूर्वमन्त्री दुलालको पहलमा ७० लाख बजेट विनियोजन भएको थियो ।
खेल मैदानको उद्धघाटन पछी मन्तब्य राख्दै दुलालले खेलकुद क्षेत्रको विकासका लागि भएको यो प्रयास सबैका लागि हौसलाको विषय भएको बताउनुभयो । व्यवसायिक क्षेत्रमा खेल क्षेत्रमा लागेका युवाहरुको स्कोप बढ्दै गएको बताउँदै दुलालले नेपालको राजनीतिमा आफ्नो ठाउँबाट एउटा एउटा इँटा थप्ने प्रतिबद्धता समेत कार्यक्रममा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल, कांग्रेस जिल्ला सभापति विकास लामा, नेकपा एकीकृत समाजवादीका नेता ईश्वरी अधिकारी, नेकपा माओवादी केन्द्रका नेता बीरबहादुर तामाङ लगायतको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।