सम्पर्क

रक्तदान कार्यक्रम सम्पन्न

कुमार बस्नेत (अधिराज)

कांग्रेस केन्द्रीय खेलकुद बिभाग र नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रिय समितिको संयुक्त आयोजनामा आज दिउँसो नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सानोगौचरण ज्ञानेस्वर काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पुर्व सुचना तथा संचार मन्त्री, खेलकुद बिभाग प्रमुख एवम् बाढिपहिरो तथा बिपत् ब्यबस्थापनका संयोजक मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, केन्द्रिय सदस्य देव कोइराला लगायत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दिपक गुरुङ सहितको उपस्थितिमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बाढिपहिरो लगायत कुनै पनि प्राकृतिक बिपत्तिमा होस् या दुर्घटनाका कारण होस् विभिन्न खेलाडी लगायत जो कोहिलाई पनि कुनै पनि समयमा रगतको अभाव हुन सक्ने भएकाले रगत अभाबकै कारण कुनैपनी नेपालीको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ६० जना भन्दा बढी रक्तदानमा सहभागिता जनाएका थिए । नेता बस्नेतले महामारी, बाढिपहिरो लगायत कुनैपनी प्राकृतिक विपत्ती हरुमा नेपाली कांग्रेस सदैव जनताको हितमा लागिरहेको कुराको स्मरण गराउँदै आगामी दिनहरुमा अझ शसक्त ढंगले लागिपर्ने कुरा समेत उक्त कार्यक्रममा बताउनु भएको हो ।