सम्पर्क

१५ दिनभित्र तातोपानी नाका पूर्ण रुपमा खुल्छ – सभामुख सापकोटा

रुपक पुरी

प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका १५ दिनभित्र तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुने वताउनुभएको छ । आज  राष्ट्रिय वाणीज्य बैंक लिंमिटेडको सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा २५० औं शाखाको रुपमा चौतारामा उद्धघाटन गर्दै सभामुख सापकोटाले नेपालको एकमात्र चिनसँग जोडिएको भुकम्पले केही समय बन्द भएको र ठूलो पहलपछी खुले पनी अझै राम्रो चल्न नसकेकाले आफुले पहल गरेकाले १५ दिनभित्र नाका पूर्ण रुपले सञ्चालन हुने प्रतिबद्धता समेत जनाउनुभयो । सापकोटाले चिनिया राजदुतदेखी सम्बन्धीत निकायमा आफुले कुरा राखिसकेको समेत बताउनुभयो । उहाँले भौतिक पूर्वाधार मन्त्री , अर्थमन्त्री लगायतका मन्त्रालयसँग समेत यस विषयमा कुरा भएको बताउनुभयो ।सापकोटाले चौतारामा पहिलो पटक राष्ट्रीय वाणीज्य वैंकको उद्धघाटन गर्ने अवसर पाएकोमा खुसी लागेको बताउँदै आन्तरिक एकता सवैभन्दा ठुलो भएको बताउँदै आन्तरिक एकता नमिलेसम्म कुनै पनी काम सम्पन्न नहुने बताउनुभयो । चौतारामा एक वर्षदेखीको अथक मेहनत पछी मात्रै बैंक स्थापना भएको समेत सभामुख सापमोटाले बताउनुभयो । उहाँले सिँहदरवारका सबै कार्यालयको खाता सरकारी बैंकबाटै सञ्चालन भएको बताउँदै चौतारामा पनी अब त्यहीअनुरुप चल्न आग्रह गर्नुभयो । सापकोटाले सँविधानमा समाजवाद उन्मुख राज्य उल्लेख भएको स्मरण गर्दे समृद्ध नेपाल सुखी नेपाली नारालाई सार्थक बनाउन बैंकले जनताको जिवनस्तर उकास्ने खालको योजनाहरु अघी बढाउनुपर्नेमा जोड दिनुभयो ।
बैँक उद्धघाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाली काँग्रेसका जिल्ला सचिव विलबहादुर तामाङले समाजलाई समृद्धीतिर उन्मुख गर्न समग्र उत्पादन क्षेत्रमा सहुलियत कर्जामा ऋण प्रवाह गर्नुपर्ने सुझाब दिनुभयो । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला सँयोजक गोविन्द पराजुलीले राष्ट्रलाई समृद्धिको क्षेत्रमा लानका लागी बैंकको आवश्यकता हुने र सरकारी स्वामित्वमा भएका यस वैंकले सदरमुकाममा रहेका अन्य बैंकहरुको पनी अगुवाई गर्न आबश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष सोम सापकोटाले चौतारा सदरमुकाममा रहेका बैंकहरुको भिडमा एउटा बैंक थपिने मात्रै नभएर यसले दिने सेवा आम नागरिकको हितमा हुनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी वेधनिधी खनालले अझै पनी १० प्रतिशत जनता बैंकको पहुचभन्दा बाहिर रहेकाले त्यतातिर यस बैंकको ध्यान पुग्नुपर्ने बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले चौतारामा नेपाल बैंक स्थापना भएको ५६ वर्षपछी बाणिव्य बैंकको स्थापना भएको बताउँदै यस बैंकले जनताको समृद्धिको लागी काम गर्नुपर्ने सुझाब ब्यक्त गर्नुभयो । ब्यवसायिहरुको तर्फबाट बोल्दै उद्योग वाण्ीज्य सँघका उजारसिं तामाङले ब्यवसायी र बैंकको अन्योन्यास्रीत सम्बन्ध रहेको बताउँदै साना ब्यवसायीको हितमा लाग्न बैंकलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय वाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सँक्षिप्तमा राष्ट्रीय वाणीज्य बैंकको भनाई तथा स्वागत मन्तब्य केन्द्रीय ब्रान्च अपरेश विभागका प्रमुख सरोज बस्नेतले राख्नुभएको थियो । बैंकले थप सात नयाँ शाखा विस्तार गर्ने क्रममा सिन्धुपाल्चोकमा पनी शाखा विस्तार गरेको हो । यसपछी बैंकको सातै प्रदेश ७७ वटै जिल्लामा २५४ शाखा कार्यालय , २१६ वटा यटियम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको बस्नेतले जानकारी दिनुभयो ।