सम्पर्क

लण्डनको वेलिङमा नेपालीको फार्मेसी

कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ । युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालनगर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमानिम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो ।एक कार्यक्रमका माझ प्रमुख अतिथि मेयर काउन्सिलर जेम्स हन्टले उक्त फार्मेसीको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन पश्चात फार्मेसीले बेलायतको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उहाँले चर्चा गर्नुभएको थियो ।
त्यस्तै निम ट्रि फामेर्सीले बेलायतमा पुर्याएको योगदानबारे कँडेल ग्रुपका सिइओ राजन कँडेलले चर्चा गर्नुभएको थियो । कोरोना महामारीको समयमा लण्डनमा निम ट्रि फामेर्सीले पुर्याएको योगदान सबैले अनुभुत गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘बेलायतमा यो हाम्रो चौथो फार्मेसी हो । कोरोना महामारीको समयमा लण्डनमा फार्मेसीले ठुलो योगदान पुर्याउन सफल भएको छ । बिरामी भएपछि सबैभन्दा सहज तरिकाले सुझाव लिने ठाउँ भनेकै हाइस्ट्रिट फार्मेसी नै हो । यसरी वेलिङमा आफ्नो चौथो ब्रान्च विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यहाँ स्थित रहेको समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पुर्ण तयारी गरेका छौँ ।’
उहाँले अगाडि भने,‘यस क्षेत्रमा ब्रिटिस, आइरिस र नेपाली समुदाय ठुलो संख्यामा रहेका छन् । नेपाली समुदायलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन तयार छौँ । फार्मेसीमा नेपाली कर्मचारी भएका कारण यहाँ रहेका नेपाली समुदायले भाषागत समस्या समेत झेल्नु पर्ने छैन । फार्मेसीमा प्राय सबै खाले औषधि र विविध स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध हुनेछ ।’ त्यस्तै फार्मेसीकी सुपरिटेन्डेन्ट फर्मासिष्ट विमला सापकोटाले निम ट्रि फार्मेसीको भुमिका र यसले दिदै आइरहेको सुविधाबारे बताउनुभएको थियो ।