सम्पर्क

तौथली दहिजात्रा सिन्धुको पहीचान

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाँउपालीकामा पर्ने तौथलीको दही जात्राले सिन्धुपाल्चोकको थप पहीचान गराएको छ । यस जिल्लाको तातोपानी ,गौराती, सुनकोशी, कालीन्चोक लगाएतका मठन्दीर सँगै त्रिपुरा सुन्दरी का कारण सिन्धुपाल्चोक अझै परम्परा र धार्मीक एवम पर्यटकीय स्थल बनेको छ । मानव सभ्यता र संस्कृति एक अर्काको परिपुरक हो। सभ्यतासँग संस्कृति जोडिएको हुन्छ। कुनै संस्कृति विभिन्न माध्यमबाट समानान्तर रुपमा संसारभर फैलन्छ भने कुनै संस्कृतिले निश्चित ठाउँ बिशेष र समुदाय बिशेषमा जिबन्त पाएको हुन्छ, जुन निकै दुर्लभ ,अनौठो र बिशेष हुने गर्दछ।त्यस्तै संस्कृति सिन्धुपाल्चोक जिल्लाको त्रिपूरा सुन्दरी गाउँपालिका ५ तौथलीमा रहेको दहिजात्रा पनि एक हो। हुनत तौथलीमा बर्सैभरी समयानुसार विभिन्न थरिका जात्रा तथा मेला लाग्ने गर्दछ । तर बिजया दशैको टिकाको भोलिपल्ट मनाइने बिश्वको एक मात्र जात्रा दहिजात्राले छ्ट्टै पहीचान दिएको छ । तौथलीमा दशै फुलपातिको दिन देखि पाँच दिनसम्म जात्रा लाग्ने गर्दछ। सबै दिनका जात्राहरुको आफ्नै महत्त्व र बिशेष हुने गर्दछ। फुलपातिको पाँचौ दिन तौथली जात्राको बिशेष र महत्वपूर्ण दिन हो। यस बर्ष पनी शनीबार लिङ्गो(रोजा) खड्ग (हतियार ) खाँडा , शैन , गोरखनाथमहिषासुर बधः आदि जात्रालाइ विजयोल्लासका साथ शहरको निश्चित स्थान परिक्रमा गरि पायातः मनाइएको छ । बिहान ११ बजे डोबरछेमि कोर्छेमी र बिसौरीको रोजा त्रिपूरा सुन्दरी माइ थान लगीएको थियो अन्य रोजापनी मन्दिर प्राङ्गणमा ठड्याएर ओ हा…….. को धुन निकालेर बर्णाले गुठियार ( तामाङ ) पिस्करे गुठियार (थामी) रोजा गुठियार शैन गुठियारले हापारेर देबिलाइ बाहिर निस्कन्नको निम्ति आव्हान गरिएको थियो । केही समयको आव्हान पछि देबि चढित पुजारी धामी थाकतिहरु हातमा खड्ग तरवार , त्रिशुल , डमरू , घन्टा चमर ,लिइ काधमा लडाइ ढाल बोकेर काम्दै निस्किे पछि गोरखनाथलाइ अघि लगाइ रोजा अगाडि बढाइएको थियो । शंख घन्ट डमरु बजाएर मंगल धुन बजादै वालेफ्वाले डोबाटो पुगे पछी डोबटामा मुल पुजारीले दैत्यको छेदन गर्ने कार्य गरिने चलन अनुसार दैत्यको छेदन गरिएको थियो भने गोरखनाथबाट भुतप्रेत र राक्षसको बाटो बार्ने छेक्ने गरिएको थियो । अन्य पुजारी धामीहरु दैत्य भुतप्रेत तथा नकारात्मक शक्तिलाइ लखेट्ने हप्काउने गररेर नकारत्मक शक्तीलाइ हटाउँने काम भएको बताइएको थियो । उक्त कार्य सम्पन्न भएपछि एकछिन बाजा बन्द गरेर अरु दिन गाउन नमिल्ने गुठियारबाट तीन चोटि कारुणिक मोहनी गित गाएपछी बाजा बजाएर जात्रा च्याङ्टाए डोबटातिर लागेपछी ।
खाडाँ नाच पनि शुरु गरि रोजालाइ ठाउँ ठाउमा सगुन दिदै डोबरसम्म लगेर डोबरमा सगुन दिएपछी दहिजात्रा शुरु भएको हो । ठुलो जात्राको दिन घरगोठमा दुहुनो गाई भैंसी हुनेले अघिल्लो दिन साँझको दूध दहि जमाएर त्रिपूरा भगवतीलाई आफ्नो घरमा दुहुनो कहिले नटुटोस र गाइभैसी फैलिन्दै जाओस भन्ने कामनाको साथ चढाउने गर्दछ्न । देबिथान चढाएको , पुजा गरेको प्रशाद गाउले सबैलाइ बाढने चलन छ।तर एक ठेकी दहि गाउले सबैलाई बाढ्न सम्भब नभएपछि लिङ्गो जात्रा, खड्ग जात्रामा सहभागी जात्रुरेहरुलाइ डबली देखि त्रिपूरा भगवतीथान सम्म छ्ड्किदिएर प्रशाद पुर्याएको चलन जात्राको रूपमा परिणत भएको पाइन्छ।युवाहोस या वयस्कहरु काधमा दहिको ठेकी भिरेर हातमा दहि लिइ उपस्तिथि दर्शक रोजा गुठियार तथा आफू आफैमा होहोरे हो हो को लयबद्द आवाज निकाली दहि छ्यापाछ्याप गरि देबिथान सम्म जाने गर्दछ्न। करिब २०० जना बढी सहभागीले त्रिपूरा सुन्दरी देबि थान सम्म छ्यापेर बाकी रहेको दहि उपस्तिथि भक्तजनहरुलाइ बाडिदिने गर्द्छन, सो दिन चढाएको दहि खादा रोगब्याधी निको हुने जनबिश्वास रहेको छ। दहिजात्रा शुरु हुनु अघि त्रिपूरा सुन्दरीमा सम्पुर्ण गुठियार र डोबरछेमी, कोर्छेमी र बिसौरीको रोजा जम्मा गर्ने गरिन्छ।सम्पुर्ण तयारी पूरा भइसकेपछी लिङ्गोजात्रा(रोजा) , खड्गजात्रा ( हातहतियार ) गुरु गोरखनाथ,खाडा, महिषाशुर शिर छेदन, आदि जात्रा निकालेर शहर परिक्रमा गराइन्छ। तौथलीको उत्तरपटीको वालेफ्वाले डोबटा(दोबाटो )देखि च्याङ्टाय डोबटा, डोबरसम्म आइपुग्दा भिन्न तान्त्रिक बिधिबिधानबाट महिषासुर शिर छेदन , मोहनी भजन , गुरु गोरखनाथद्वारा राक्षस भगाइ बाटो बार्ने, खाडा नचाउने ,र रोजालाइ ठाउँ ठाउँमा विभिन्न गुठियारहरुले सगुन दिने र लुगाफाटो चढाउने गरिन्छ ।रोजालाइ डोबर(डबली)मा पुर्याएपछी मंगलधुनका साथ सगुन दिएर दहिजात्रा शुरु हुन्छ। दहिजात्रालाइ देबिको विजयोल्लास स्वरुप दहिको होलि खेलेको पनि कथन रहेको पाइन्छ।