सम्पर्क

फेशन एवं मोडल अवार्डमा अन्जु शेर्पा

युबराज बस्नेत ,काठमाडौं बौद्ध निवाशी अन्जु शेर्पाले यस बषको प्याजेन्ट नेपाल फेशन एण्ड मोडन अवार्डमा बेष्ट टाइटल (Mrs) विनर र मोस्ट पपुलर टाइटल विनर गरि दुइवटा अवार्ड हात पार्न सफल हुनु् भएको छ । अन्जु यसै बर्षकी मिसेस मंगोल नेपालकी विजेता हुनुहुन्छ । सुपरस्टार नायक रमेश उप्रेती र मिस नेपाल २०१५ इभाना मानन्धरको हातबाट अवर्ड ग्रहण गर्दै आफुलाई यस क्षेत्रमा कार्य गर्न थप उर्जा मिलेको अन्जुले बताउँनु भयो ।

नेपाली फेसन तथा मोडलिङ क्षेत्रको श्रीबृद्धि र बिकासका लागी विगत ३ बर्षदेखी प्याजेन्ट नेपाल इन्टरनेशनलको आयोजना र हिमालयन मुभिज प्रोडक्सन हाउसको सहकार्यमा नेपाली फेशन एवं मोडलिङ क्षेत्रका हस्तीहरुलाई सम्मान गर्ने उदेश्यले सो कार्यक्रम सम्पन्न भएको हो । जमल स्थित ३ तारे होटल यल्लो प्यागोडामा सम्पन्न सो अवार्ड कार्यक्रममा नेपाली फेशन एवं मोडलिङ क्षेत्रका चर्चित हस्तिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कुल ४२ वटा विविध विधामा अवार्ड वितरण भएको थियो ।