सम्पर्क

मिस्टर एन्ड मिस सिन्धुपाल्चोक तालिम


नेतृत्व र व्यक्तित्व बिकास एवं आत्मविश्वास अभिवृद्धिलाई मध्यनजरमा राखेर उत्कृष्ट प्रतिस्पर्धालाई स्थापित गर्दै कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्ने उदेश्यले परफेक्ट प्लान इन्टरटेनमेन्टले मिस्टर एन्ड मिस सिन्धुपाल्चोक तालिम सञ्चालन गरेको छ ।
यही ३० गतेबाट १६ गतेसम्म सञ्चालन हुने तालिमको सहजिकरण आरसु महर्जनले गरिहनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोग र अरनिको रिसोर्ट हस्पीटालिटी पाट्नर रहेको तालिममा १३ केटा र ८ केटी गरी २१ जनाको सहभागिता रहेको परफेक्ट प्लान इन्टरटेनमेन्टको मञ्जरी पुरीले बताउनुभयो । उहाँका अनुसार १६ गते तालिमको समापनको दिन शोभित बस्नेत र सलोन बस्नेतको चौतारा आउनुहुने परफेक्ट प्लान इन्टरटेनमेन्टको ईभेन्ट म्यानेन्जर अली अक्रम रेजाले जानकारी दिनुभयो ।