सम्पर्क

गुफाडाँडामा छायांकन गरिएको “आप्पाको डर ” सार्वजनिक

सिन्धुपाल्चोक जिल्लाको चर्चित स्थल गुफाडाँडामा छायांकन गरेको तामाङ सेलो गित आप्पाको डर भिडियो सहित सार्वजनिक भएको छ ।

तामाङ सेलो जगतको चर्चित गायक रोज मोक्तान र नायक अमिर दोङको उपस्थितिमा उक्त सेलो गित सार्वजनिक गरिएकको हो । कुमार स्याङ्बाको शब्द , अनिश योन्जनको संगित, कृष्ण लामिछानेको एरेन्ज र मिक्सिङ रहेको गितको स्वर सन्तोष गोलेको रहेको छ ।

साजन मोक्तान, मियु लोप्चन र सम्झना थिङको मुख्य अभिनय रहेको भिडियोको निर्देशन युद्द लामा, सम्पादन गायक सन्तोष गोले आफले गर्नुभएको छ । साथै छायांकन सबिन भट्टराईको रहेको छ भने कलरिङ सुमन तामाङले गर्नुभएको छ ।