सम्पर्क

सन्तोषको श्वरमा मियु अभिनित ‘आप्पाको डर” सार्वजनिक

 बिशाल श्रेष्ठ

कोरोनाको महामारी बिच नेपाली संगित क्षेत्रमा फेरि कुमार स्याङ्बाको शब्दमा सन्तोष गोलेको श्वर रहेको “आप्पाको डर” नामक म्युजिक भिडियो आज जोरपाटी स्थीत याङ्रीमा होटलमा भब्य कार्यक्रम सहित सार्वजनिक गरियो। हिजोआज गित संगित भडि्कलो हुँदै छ भने गितको म्युजिक भिडियोको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ । पछिल्लो समय भने पहिलेका म्युजिक भिडियो र अहिलेका म्युजिक भिडियोमा धेरै भिन्नता पाइन्छ । अहिलेका म्युजिक भिडियो संस्कृति सम्झाउने भन्दा विर्साउने र विकृति बढाउने खालका मात्र आउन थालेका छन् । यसैलाई मध्यनजर राख्दै आफ्नै कला संस्कृति र मौलिकताको सम्वृद्धिको लागि तामाङ समुदायको केहि सस्कृति राखि लोकप्रिय गायक सन्तोष गोलेले भर्खरै मात्र “आप्पाको डर” बोलको गीत सार्बजनिक गरेका छन। प्रस्तुत गीतलाइ अनिस योन्जन ले संगितभरेका हुन् भने शब्द कुमार स्याङ्बाको रहेको छ । यस गीतको म्युजिक भिडियोमा दर्जनौं म्युजिक भिडियो अभिनय गरिसकेको लोकप्रिय मोडल मियु लोप्चनको साथमा साजन मोक्तान र सम्झना थिङ्गको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन युद्ध लामा ब्लोन ले गरेका हुन् भने छायांकन सबिन भट्टराई र सम्पादन सन्तोष गोलेले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई बुद्धलिङ मिडिया प्रोडक्सन च्यानल मार्फत सार्बजनिक गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका तामाङ चलचित्र र अभिनय क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार अमिर दोङले गीतको प्रशंसा गर्दै ‌शुभकामना दिनुभयो।